४ माघ, काठमाडौं । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले सोनाम ल्होछार पर्व माघ ४ मा नभएर फागुन ४ मा मनाईने बताएका छन् ।
सोनाम ल्होथो अर्थात सोनाम कृषि चन्द्रपात्रो अनुसार आजभन्दा ठीक १ महिनापछि फागुन ४ गते मात्रै ल्हो फेरिने भएकोले आज नमनाइने तामाङ समुदायका संघसंस्थाका अगुवाले जनाएका छन् ।
सरकारले सार्वजनिक विदा आज दिएपनि ल्होछार भने योपटक मलमासले गर्दा एक महिनापछि ग्याल्बो ल्होछारसँगै परेकाले त्यसदिन मात्रै मान्ने उनले बताए । नेपाल तामाङ घेदुङलगायत विभिन्न १ सयभन्दा बढी संघसंस्थाले यसअघि नै सरकारले दिएको सार्वजनिक विदा सार्न अनुरोध गरेपनि त्यसको सुनुवाइ नहुनु दुःखद भन्दै एक महिनापछि मात्रै मनाउने जिकिर गरेका छन् ।
हृ्योल्मो, घलेलगायतका हिमाली भेगमा बसोबास गर्ने समुदायले भने आजै ल्होछार मनाउने जनाएका छन् ।