• दमक/नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले प्राणघातक रोग लागेका दमकको एउटा बिमीतलाई १० लाख रुपैयाँ प्रदान गरेको छ । संस्थाका क्षेत्रीय प्रमुख टिकादत्त प्याकुरेलले विमीत दमक ९ कि टीका खड्काको घरैमा पुगेर आज सो रकम हस्तान्तरण गरे ।

    बिरामी भएर थलिएकी उनलाई सुरक्षित जीवन बिमा अनुसार प्राणघातक रोगको जोखिम न्युनीकरणका लागि रकम हस्तान्तरण गरिएको कम्पन्नीले जनाएको छ । खड्काले २१ बर्षे जीवन बिमा गरेकी थिईन् ।
    त्यस अवसरमा पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय सचिव रामकुमार बुढाथोकी ,विमाक समितिका केन्द्रीय सदस्य तेज प्रसाद तिवारी,कम्पन्नीका प्रतिनिधिहरु, अभिकर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…