काठमाडौं, २९ माघ । चर्चित रियालीटि शो द भ्वाईस अफ नेपालबाट एकाएक चर्चामा आएकी मेचु धिमाल एवम भोजपुरमा जन्मघर भएता पनि पुर्वाञ्चलकै ईटहरीलाई कर्मथलो बनाउँदै आएका रक्षक राईको स्वरमा रहेको”चौबन्दी चोलीमा त्यो मिठो बोलीमा” बोलको गीत सार्वजनिक भएको छ ।
राजकुमार याक्खा र देवेन्द्र दिलदुखीको शब्दमा डिबी कुलुङले संगीत गरेको यस गीतको संगीत संयोजन, रेकर्डिङ तथा मिक्सीङ रुद्र श्रेष्ठले गरेका छन् । पूर्वेली भाकामा तयार भएको यो गीतको भिडियोले सार्वजनिक हुनासाथ चर्चा कमाई रहेको छ ।
हाल स्टुडियोमा छायाँकन गरिएको भएता पनि चाँडै यसको कथानक भिडियो पनि निर्माण गरिने पुर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोका सञ्चालक रुद्र श्रेष्ठले बताएका छन् ।
हेर्नुहोस भिडियो यस्तो छ –
https://youtu.be/aLF4s2f5lno