• एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर अहिलेसम्म ४३ हजार ९८ जना संक्रमित भइसकेका छन् भने १ हजार १८ जनाको भाइरसकै कारण मृत्यु भइसकेको छ ।

    संक्रमितमध्ये ४० हजार १ सय ७१ जना चीनमा छन् । चीनमा मात्रै अहिलेसम्म ९ सय ८ जनाको मृत्यु भइसकेको छ । चीनले मृतकको संख्या लुकाएको चर्चा केही समयदेखि चलेको भएता पनि चीनले भने यो कुरा स्वीकार गरेकोे छैन ।

    केही पश्चिमी र भारतीय मिडियाहरुले चीनले मृतकको संख्या लुकाउँदै ठूलो संख्यामा शव जलाएको आरोप लगाएका छन् । शव जलाउँदा सल्फर डाइअक्साइड ग्यास निक्लने बताउँदै स्याटेलाइटबाट लिइएको केही तस्बिरमा चीनको वुहान शहरमाथिको आकाशमा एकदमै धेरै मात्रामा सल्फर डाइअक्साइड ग्यास देखिएको जनाएकाे छ ।

    वैज्ञानिकहरुक अनुसार सल्फर डाइअक्साइड ग्यास कि त मेडिकल सामान जलाउँदा वा मानिसको शव जलाउँदा निस्कने गर्छ । चीनको सामजिक सञ्जालमा पनि चीनको वुहान शहरको बाहिरी क्षेत्रमा मानिसको शव जलाएको भन्ने खबर भाइरल भइरहेको छ ।

    वुहानमा सल्फर डाइअक्साइडको स्तार १७०० युजी/क्यूबिक मिटर छ, जुन खतराको स्तरभन्दा २२ गुणा बढी हो । ८० युजी÷क्यूबिक मिटर खतरनाक मानिन्छ । यस्ता किसिमका तस्बिर वुहानभन्दा ९ सय किलोमिटर पर शहरमा पनि देखिएको छ ।

    पर्यावरणीय विशेषज्ञका अनुसार यतिधेरै सल्फर अक्साइड ग्यास निस्कनुको कारण करिब १४ हजार भन्दा बढी शवहरु जलाएकोले हुनसक्ने अनुमान गरेका छन् ।

    अमेरिकाको पब्लिक हेल्थ डिपार्टमेन्टका अनुसार शव जलाएको समयमा सल्फर ग्यास बाहेक प्याराडाइअक्साइट र हाइड्रोक्लोरिक एसिडजस्ता रसायन पनि निक्लने गर्छ ।

    वुहानमा गत साता सल्फर डाइअक्साइड ग्यासको मात्रा १३५० माइक्रोग्राम्स प्रति क्यूबिक मिटर थियो, जुन सामान्यभन्दा एकदमै धेरै हो । केही संस्थानका अनुसार वुहानमा अघिल्लो केही दिनमा करिब ५ लाख मानिस कोरोनाभाइसको चपेटामा आउनसक्छ ।

    लण्डन स्कुल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनले वुहानमा कोरोनाभाइरस फैलिने तरिकाको अध्ययन गरिरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…