काठमाडौं, २९ माघ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मु’द्दा दायर गरेको चितवन जिल्ला न्यायाधीश विनोदकुमार गौतमले आफूलाई का’रबाही नगर्न माग गर्दै सर्वोच्च अदालतमा रि ट दायर गरेका छन् ।
न्यायाधीश गौतमका वारेश मञ्जिल खनालले दायर गरेको रि टमा गौतमले न्यायाधीश निलम्बन गर्ने अधिकार अख्तियारलाई नभएको भन्दै न्यायाधीशको रुपमा काम यथावत रही काम गर्न दिनू भनी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।
न्यायाधीशलाई कारबाही गर्ने निकाय न्यायपरिषदमात्र भएको भन्दै उनले अख्तियारलाई न्यायाधीशमाथि कारबाही गर्ने अधिकार नै नभएको उल्लेख गरेका छन् ।
न्यायाधीश गौतमले आफूमाथि मुद्दा चलाउने अख्तियारको गत माघ २२ गतेको निर्णय र आफूलाई निलम्बित गर्ने माघ २३ गतेको पत्र दूषित र पूर्वाग्रही भएको बताएका छन् ।