•  


    माघ २९, पथरी ।
    ईलाका प्रहरी कार्यालय पथरी मोरङले सामाजिक अपराधलाई न्युनिकरण गर्ने उद्देश्यका साथ जनचेतना फैलाउने नविनतम उपाय रचेको छ ।
    पछिल्लो दिनहरुमा बढिरहेको सडक दुर्घटना, लागू औषध दुव्र्यसनी लगायतको समस्याहरुलाई मध्यनजर गर्दै ईन्टरनेट प्रदायक कम्पनी वल्र्डलिङ्क, पथरी हस्पीटल र प्रहरीसँगको सहकार्यमा अभियान थालेको हो ।
    ईलाका प्रहरी कार्यालय पथरीमा कार्यालय प्रमुख भएर आएका डिएसपी दिलिप कुमार गिरीको पहलमा जनचेतना फैलाउने नौलो तरिका अगाडी ल्याइएको हो


    गिरीको पहलमा इन्टरनेटको दुनियामा ख्याती कमाएको वल्र्डलिङ्क र पथरी हस्पीटलको सहयोगमा जनचेतना फैलाउने होर्डिङ बोर्ड सडक र चौक–चौकमा राखेर नागरीक जनचेतना अभिबृद्धि गर्न सहयोग पुग्ने होर्डिङ बोर्डहरु ईलाका प्रहरीलाई हस्तानतरण गरिएको छ ।
    समाज नै सचेत भए अपराध पनि कम हुने भन्ने मान्यतालाई मध्यनजर गर्दै सो कार्यलाई अगाडी बढाएको ईलाका प्रमुख गिरीले बताउनु भयो ।
    शान्ति र सुरक्षित समाज निर्माणका लागि नागरिकमा जनचेतना अभिबृद्धि गराउन सके हाल हुने गरेका अपराध मध्ये ५० प्रतिशत अपराधिक क्रियाकलाप आफै हटेर जाने बताईएको छ ।
    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले चलाइरहेका विभिन्न अभियानमा वल्र्डलिङकले सधै साथ दिने र कम्पनीको तर्फवाट सामाजिक उत्तरदायित्व पूरा गर्ने वल्र्डलिङक दमक शाखा प्रमुख राजन तिम्सिनाले बताउनु भयो ।


    पछिल्लो दिनहरुमा बढिरहेको सडक दुर्घटना, लागू औषध दुव्र्यसनी लगायतको समस्याहरुलाई प्रहरीले मात्र न्युनिकरण गर्न सक्ने सम्भावना कम भएका कारण सडकको विभिन्न भागहरुमा राखीने जनचेतना मुलक बोर्डहरु मार्फत समस्याको समधान गर्न सहज पुग्ने र यस्ता गतिविधिमा स्थानिय सरकारले साथ दिदै जाने नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति दिलिप कुमार राईले बताउनु भयो ।
    नेपाल प्रहरीको तर्फबाट “हर प्रहर गाउ घर नगरी । टोल टोलमा नेपाल प्रहरी ”भन्ने नारका साथ थालनी गरिएको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समुदाय प्रहरी पालिका समितिको आयोजना सो कार्यक्रम सम्पन्न गरिएको हो ।
    सो कार्यक्रममा शान्ति सुरक्षा तथा सडक दुर्घटना न्युनिकरण गर्न मद्दत पुग्ने सन्देशहरु लेखिएका २७ वटा बोर्डहरु वल्र्डलिङका दमक प्रमुख राजन तिम्सिना ,पथरी अस्पतालका अध्यक्ष माधव कोइरालाले र नगर प्रमुख दिलीपकुमार राईमार्फत प्रहरी प्रमुख डीएसपी दिलीपकुमार गिरीलाई हस्तान्तरण गरीएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…