लेखक:बलराम मैनाली
हाम्रा माहान शहिदैको सपना माथि यति बिग्न अपमानै गरेर,देश चलाउनु एक अपराधै हो।यि कुरा भन्दा कसैप्रति लक्षित भनाई नभई एक सचेत नागरिकको आवाज बुझिदिन अनुरोधका साथ बहस गर्न सानो यो अनुमति माग्न चाहान्छु।कबि मन्जुलले_कबितामा भनेझै मेरो एउटा दुश्मन छ,म ऊसलाई फुल जतिकै माया गर्छु।
प्रवाशि धेय भनेको निम्छरो हुदैन।यसको धेय भनेको समुनत नेपाल देख्ने सुन्ने हुन्छ।म कुनै राजनितिक दलको ,कुनै जातको,कुनै मानिस प्रति आबेगात्मक प्रतिसोध भाव दिन नभई नेपालि माटो फुलेको हेर्न,रहरै खातिर प्रवाशि बोलि कहिल्यै नरम,कहिले गरम,कहिले कडा कहिले,उत्तेजनाको,हुने गरेको पक्का छ।आज गरिने यि गनथन र सानो मन्थनले २/४ कुरा जवाफ सरोकारवालाले दिनेछन भन्नने बिस्वास छ।
यो प्रस्नमा लेख्ने रहरै थिएन,कथाले मागेको र समयले भनेकोले लेख्न बाध्य भए।देशमा राजाको शासन छैन।नेपालै पुरा गणतन्त्रमय छ।आज जन्ताका छोरीहरू रास्ट्रपति छोरोहरू प्रधानमन्त्री छन।तर मुलुकले न्याय राम्रो,सबै बिकाशका प्रगति भएका छैनन,यसको जड को हो?बिदेशि होत?यसको जड राजनेता हुन त?कसरी बलियो देश बन्छ?यसको लागी दलको भूमिका के हो?यसमा गम्भिर बहस नगरि निकाश पक्कै आउदैन।नेपालैमा असल नेता कोही नि भएन, गणतन्त्र पछि बनेका सबै प्रम भित्ते प्रम बन्नका लागीनै मरहत्ते गरेको,सत्ता लिप्साकै कुराहरू छिप्दैन।
-अब सब भन्दा पहिला सानो सानोकुरा गरौ।
जो उचाइबाटै झरेको मान्छेहरूलाइ बचाउन सकिन्छ तर निच,सोच बाट गिरेको मान्छेलाइ परिवर्तन गर्न गारो रहेछ।गणतन्त्रमा प्रचन्ड यो नाम निकै चम्कियो,यति चाडै मक्कीयो।यसो हेर्दा प्रचन्ड राजनितिक गरेको भान आजकालै हुदैन।बाबुरामैका प्रम:पद भन्दा राम्रा कामहरू अर्थमन्त्री हुदा थियो,प्रम बनेर खासै राम्रो केही दिन सकेनन।रास्ट्रबाद पगेरि धारी,हालका प्रम कुरा नगरौ,बिचमा बनेको नाम पनि नभनौनै,तिनमा ईतिहास बनिसके,गणतन्त्रमा यो राम्रो प्रम बनेको नामहरू भन्न यहा लाजै हुने भयो।चितवनैमा तरकारी बिक्री नभएपछि किसानले खेतमै तरकारी नष्ट गरेका छन्!!सुन्दा सरल लागछ।
बजारे भाऊ बढाए पनि हुन्छ,र बलात्कारीलाई छाडे पनि हुन्छ!भ्रष्टाचार गरे पनि हुन्छ!र मान्छे अपहरण गरे पनि हुन्छ!जे गरे पनि हुन्छ ,बस्, जन्तालाई जिस्क्याउनु भएन। जिस्क्यायो भने त्यो रिसाउँछ।र त्यो रिसायो भने सिध्याइ दिन्छ ।१०४ बर्ष राणा शासन,पन्चायत,बहुदल,राजा के, गणतन्त्र पनि सकिनेछ।तर यति सजिसोसगचै गणतन्त्र खतरामा पारिएको छ। कि सबै ठाऊमै घेराबन्धी बनिसक्ने आधार एैनामा देखिनु यो शुभसंकेत भने होईन।
२०७०साल पछि नेपालको मुहार फेर्न निकै कसररत शहिदको बलिदान र भाबना खेर जान नदिन,हरेक तहका मानिसहरु ब्यूझन जरूरी भईसकेको छ।हाम्रा नेताहरू के चाहादैन बिकाश,गम्भिर प्रस्न ऊठिसकेको छ।अब यसको निकाश सही नेता सहि मानबनै नेता चुन्न पर्यो,कोमल ओलि नेता मोहन चन्द्र सडकमा,रोल्पालि रोगभोगमा,दलित मजदुर चाहिँ सधै पछाडी अब रहन सक्दैन।जन्ता फोस्रा ई गफ झूट लुट गफैमा सधै बाच्दैन।यसको यो समधानै भनेको सुशासन,न्याय समनता,प्रमुख मुद्दा पक्कै पनि हो।नेताले नै भनेझै शासक चाही कालो होस कि सेतो होस,ऊसको धेय समुनत नेपाल सुखी नेपालि बन्ने सदिक्षा पुरा गरिनु नै पर्दछ।
२०४७-२०७६सम्म आउदा सयौ जन्तानै शिक्षित उमेर योग्य सवल बनिसकेको छ।अब पुरानो तरिकाले हालको जटिल मोड पार हुने अब लक्षण छैन।यो कुनै मनोगणन्ते काहानि होईन।ईतिहास नै हो।यही ईतिहास होईन र १०४ बर्स राणा सासन र पन्चायत,अनि बहुदल त्यसपछि माओबादी यि लडाई सुरू र अन्त अनि राजा बह्रिगमन भए र आगनै भरि आज,गणतन्त्र पाएर पनि,हामि खुसि चैनै छैनौ।कारण सासकले सही सासन! नगरेर पो हो त,यसो भएको।
करिब ८०लाख प्रवाशि चाहाना त समुनत समाज होईन र?कहिले सम्म हो त यि सपना होलान,हामि सबैको चासो यति हो।यो धेय समधान नगरे देश दुर्घटनामा जानेछ।यस गम्भिर पाटो नेताले भुल्नु हुदैन।अझै समय छ यो समय सदुपयोग गर्न,बलियो ,सरकार पनि छ,चाहिन्छ ।हाल छ पनि।यस लेखको धेयमा गालिगलौज नभई,सुधार कसरी हुन्छ,नेताहरू कसरी कडा भएर जाने हेतुमा केन्द्रित छ।यहा दुनिया कहा पुगि सक्यो अझ हामि पुरानो यो सोच गतिमा होईन,संरचनागत हिसाबले जान सक्नु पर्दछ।तर बाटो अलमल छ।
१५ महिना सम्म सवारी लाईसेन्स नविकरण गरेर दिनै नसक्ने थाङ्ने सरकारले बाटो छेकेर चेक हतारो चेक गर्न लाज लाग्दैन ?यति सानै कुरा हुन।बैकमा जाऔ,मालपोतै जाऔ,सबै सरकारि कार्यालयमा बिचौलिया छन।हटाउनु पदैन?किन हटेन,किन यहा राखियो?अरबौको रकम भ्रस्टचार सुरू भयो।कसैलाई दन्ड हुदैन भने,हामि सासकैप्रति मौन रहनु पनि हुदैन।यो अन्याय कहिले सम्म?प्रचुर सम्भाबना प्रचुरता नेपालि चेतना अब पछाडी जान सक्दैन।कता जाने नेताहरू बहस नगरि सुबिधा भोगि बनेर सासकले जन्ता लााई रैति बनाउन खोजेको हो,भने चाहि अब हिसाब खोजी हुने दिन टाढा छैन।जन्ताले चाहेको कुन नेता ,कुन दल ,भन्दा कुन नेताको धेय सपना सही तिर बहस जरूरी छ।समय छ अझै ,नेता गम्भिर बनुन,सिहदरवारले चाहेको पनि बिकाशै हो।तर आज नेता बिहान उठछन पत्रिका पढ्छन,सुन्य परिणामका कुरा गरेर यो गरौला ऊ गरौला गरौला भनिरहन्छन।र हामि नेपालि जन्तालाई भनिरहन्छन हामि यहा मज्जले कहिले सम्म सुनिरहने?
मोरो धन्न कुलमानले केही बिधुतका के, राम्रो काम गरे,तर सरकारी अफिसले करोडौ!बिल आज भुक्कतानि गरेका छैन।पैसा,वा करकोनै दायरा बलियो नपारि बिकाश भएको भन्न यो मिल्दैन।बिकाश पन्चायतैमा नभएको पनि त होईन?यो क्रम रोकिदैन तर समुनत नेपालको नारा बनेन,किन?साधारण मानिसको धेयमानै कुन नेता ,धनि बन्यो बोल्दैन,कहा ,कहा के बिकाश भए,न्याय पाए,यो चुरो ,कुरा हो।यहा गफ गरेर मात्रै देश बन्दैन।
हामि पद भोगी छौ,झूट हो भन्दैनौ,नेताले यो गलतै बोले पनि बोल्दैनौ।केही चिप्लो र मिठो बोलिमा ,नफस्नु,त्यसमा काडा र बिस हुन्छ ।धनले आखा किन्न सकिन्छ,तर दृष्टहरू किन्न सकिदैन।राजनितिक यो लाईनमा गएन।यहा हामि यसै पछि परेनौ बहस र गहन बहस पुन जरूरी भई सकेको छ।
-हाम्रो यि प्रधानमन्त्रीको ‘बाँसुरी’ किन बज्दैन ?
म त मान्छे र उसको जीवनलाई दुई कोणबाटै हेर्छु।जीवन भरि मात्रै उत्तर दिनुपर्ने र मरे पछि पनि उत्तर दिइरहनुपर्ने मान्छे र उसको जीवन ।व्यक्तिगत जीवन बाँचेर मर्नेहरू यहा मर्छन्, परिवारले केही गर्छन्,सम्झन्छन्,सकियो। तर परिवार असल भए लामै समय सम्झेलान् तर सार्वजनिक जीवन बाँच्नेहरूले भने मरे पछि नै पनि उत्तर दिनुपर्छ।त्यो उत्तर उसका कर्महरूमा खोजिने हो।आज लेखेको कुरा,बोलेको कुरा, बाँचेको कुरा,संगत गरेको कुरा, निर्वाह गरेको जिम्मेवारी र देशलाई पुर्याएको लाभ, हानी आदि आदी,अझ खास कुरो के भने सार्वजनिक जीवन बाँच्ने माथि प्रेम पनि हुन्छ।र प्रहार पनि हुन्छ ,त्यो प्रेम र प्रहारको कस्तो मान्छेले गरेको हो भन्नेमा यो पनि निर्भर गर्छ । मरेपछि पनि उत्तरको खोजी हुनेले नै गरेको टिप्पणी र बाँकीले गरेको टिप्पणीमा काफी फरक हुन्छ ।हो,यो घर,परिवार,हाम्रो समाज र सामाजिक दुनियाँले गर्ने प्रेमहरू र घृणालाई म त्यही यो फरकको आधारमा मात्र निर्धारण गर्छु र चित्त दुखाउने कि नदुखाउने भनेर सोच्दछु । यो मेरो मन बुझाउने मनकै कुरा हो ।तर यही बाँकी त समाजका सबैका सामु कविता बोकेर हाजिर छु म आज।
कवितामा कलममै जे लेखेको छु र जे लेख्छु, त्यस्तै जीवनहरू बाँच्न मलाई यमराज बाहेक अरू कसैले रोक्न नै सक्तैन।यो जुनिमा वर्षौँ बोलेको कुरा,वर्षौँदेखि लेखेको कुराहरू, र म बाँचेको ई जीवन उस्तै -उस्तै बनाउन पाएँ भने मलाई आफू बाँचेको नै धन्य लाग्नेछ, मलाई मृत्युमा पनि अपसोच हुनेछैन ।
यतिखेर सबैभन्दा बढी सन्तुष्ट प्रमुख विपक्षी नेपाली कांग्रेसलाई छ।हाम्रो कांग्रेस सत्तामा र नेकपा विपक्षीमा भएको भए दिनहुँ जसो यहा बन्द हडताल सधै हुन्थे।सडकमा टायर बल्थे र रेलिङ भाँचिन्थे।यहात नेकपाको सरकारलाई विपक्षी भन्दा आफ्नै दलभित्रका धेरै नै केही असन्तुष्ट नेताहरूबाट केही डर छ।सरकारको आलोचनाहरू गर्यो कि मन्त्री नै पाइ हालिन्छ जस्तै:-घनश्याम भुसाल, योगेश भट्टराईहरू ले असन्तुष्टि जनाउँदै आएका जगजाहेर छ। मन्त्री बनाइए,अब एमसीसीमा यिनै नेकपाका केही नेताको असन्तुष्टि छ। यि तिनलाई पनि केही ‘सम्बोधन’ गरिदिने हो भने उनीहरू नै पनि चुप लाग्न सक्छन्।कतिपय नेता, जो सत्तामा बस्न पाएका छैनन्, तिनहरू व्यक्तिगत कुण्ठा राष्ट्रवादमा परिणत भइरहेको छ।जस्तै भीम का:अमेरिकी सहयोग एमसीसी ठूलो हावादार बहाना बनिरहेको छ। एमसीसी विरुद्ध उभिएका सबै नेतालाई थाहा छ यो विशुद्ध आर्थिक मुद्दा हो। तर जबर्जस्ती राष्ट्रियता र इन्डो–प्यासिफिकमा घुसाइदियो भने त्यो चाहि राष्ट्रवादी पनि भइने र सरकारको विरोध गर्न पनि पाइने भनेर छोरी कुटेर बुहारी तर्साउने भनेझै गर्या हो।
र एमसीसीमा कुर्लने नेताहरू नेपाल ट्रस्टको जग्गा काण्डमा तकिन चुप?३३ किलो सुन र वाइडबडीमा एनसेल मा मौन ? के यसमा राष्ट्रियता,जनताका हितहरू इत्यादि छैन ? र हिजो अमेरिकाले भोटकोसी नामक जलविद्युत्बाट अर्बाैं डलर लैजाने गरी सम्झौता हुँदा ,यी राष्ट्रवादी नेता कहाँ थिए ? देश लुट्ने सम्झौता वास्तवमा त भोटेकोसीको डलर विद्युत् खरिद सम्झौता (पीपीए) थियो। अहिले पनि भोटेकोसीले लुटिरहेकै छ,यो भलै अमेरिकाको पाण्डा इनर्जी भन्ने कम्पनीले त्यो सिंगै आयोजना नेपालीलाई बेचिसक्यो, खिम्तीले त्यसैगरी देश लुटिरहेकै छ। अझै कयौं वर्ष लुटिरहनेछन,हिजो यो बूढीगण्डकी बेचिँदा हाम्रा यी नेताहरू कुन दुला भित्र छिरेका थिए?
यहा किसानले मल नै नपाउँदा,खेतमा सिँचाइ नपुग्दा,हाम्रा उत्पादित वस्तुले बजारहरू नपाई बिचौलिया मोटाउँदा,उखु किसान! माइती घर मण्डलामा धरधरी रुँदा,पनि हाम्रा नेताहरूको किन हृदय पग्लिँदैन?र उद्योगीहरूले उद्योग चलाउन नपाउँदा अनि भन्सार तथा आन्तरिक राजस्वले अनावश्यक चरम ई दुःख दिँदा पनि उनीहरूलाई मतलब हुँदैन किन हो?हाम्रा ईनै नेताहरूले मेलम्ची खानेपानी जस्तो जनताका प्रत्यक्ष जीवनसँग जोडिएका विषयमा मौनता साँध्दै आएका छैन यहा?खानेपानी सचिवले दिन दहाडै कमिसन मागेर नै ठेकेदार भगाउँदा चुँ सम्म गर्दैन किन?यहा खानेपानीमन्त्री बिना मगरले मेलम्चीलाई पर परनै धकेल्दा नेताहरू तमासे बनिरहेका छन्। उपत्यकाका सडकका खाल्डोहरूमा परेर नागरिकले ज्यान गुमाउँदा पनि यिनलाई चित्त दुखाइ हुँदैन। अवैध क्रसर उद्योग चलाएर घरखेत डुबानमा नै पार्ने विरुद्ध आवाज उठाउँदा नागरिकले अनाहकमा ज्यान फाल्नु पर्दा यिनका नै चित्त कुँडिन्न, यिनीहरू केका लागि राजनीति गर्छन?
पूर्व एमाले,राप्रपा,नेकॉले महाकाली संधिबाट आजसम्म मुलुकले पाउने रोयल्टी रू ३० खर्ब टुट्टा पारिसकेका छ! र त्यो रकम वर्षेनि बढ्दै जानेछ।यहा यिनै ओली,शेरबहादुर,पशुपति सम्सेर,माधव नेपाल अझै सत्तामा बिगत ३ दशक देखि छन।ढुलिमुलि गर्दै जिउदै छन्।के तिनले हाम्रो यो मुलुकलाई परेको यो ३० खर्ब टुट्टा कल्ले तिर्छन्? हुन त राम्रा नेताहै भनेर नाम रचिसकेका बाबुराम प्रचन्ड पावर पनि देखियो।
हाम्रो राजनीतिमा जवाफदेहीता, उत्तरदायित्व, कार्यदक्षता र कार्यसम्पादन मुल्यांकन कतै हुनैपर्दैन?चाहिदैन? अनि यिनले अरूलाई दोष लगाउने नैतिक,ब्यावसायिक र राजकीय सबै हैसियत कसरी राख्छन्?समाज बदल्न यहात केबल मन भए,के ले छेकेको छ।कसरी किन बिकाशका रथ गुड्दैन?हामिलाई थाहा छ यो बिकाशका झन्डै ४०प्रतिशत बजेट हरेक साल फ्रिज छ!के नेपालमा सरकार अल्पमतको हो, के नेपालमा हाल लडाई छ,हो केही राजनिति बाकी मुद्दा छ। यद्यपि समधान पनि सदनमै होला नि?
यतिखेर मुलुकको राजनीति गज्याङगुजुङ छ। महिनौ देखि अन्योलरत सभामुख चयन्मा देशले बल्ल सभामुख पाएको छ।र एकता भएर पनि दुई पार्टी मानसिक र भौतिक रूपमै सधै ध्रुवीकृत छन्। राष्ट्रका प्रमुख मुद्दाहरू ओझेलमा परेका छन्। यहा संघीयता लागू भएयता जनताले भोग्नुपरेका सास्ती,अस्वाभाविक कर, चरमता झन्झटिलो र प्रशासनिक संयन्त्र,सानो काममा पनि कि यो भनसुन लगाउनु पर्ने कि हामिले दिनु पर्ने परिपाटी लगायतका यो यावत् विषयमा दलका नेताहरू किन मौन छन्त्यो? ३३ किलो यहा सुनकाण्ड,निर्मला पन्त,वाइडबडी, सरकारी सम्पत्तिको बेचबिखन,नेपाल ट्रस्टको जग्गा बालुवाटार, लिज प्रकरण,सबै बढ्दो महँगो र सारा समग्रमा जनताहरुले पाएको दुःखहरू,कष्टबारे पनि दलहरू चुपचाप बस्ने हो भने किटानी साथ भन्छु अझै मुलुक बन्दैन।