काठमाडौं, २९ माघ । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराएको प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध पनि मु द्दा चलाउन माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दाएर भएको छ । नेपाल र भट्टराईविरुद्ध पनि मु द्दा चलाइयोस भन्दै अधिवक्ता वालकृष्ण न्यौपानेले रिट दायर गरेका हुन् ।
यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रधानमन्त्रीबाहेक अन्य १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले नीतिगत निर्णय भन्दै दुई पूर्व प्रधानमन्त्रीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्को निर्णयमा मन्त्रीहरु फस्ने प्रधानमन्त्री उम्किने भन्दै अख्तियारको मु द्दा दायर नै वि वादित बनेको छ ।
यसैगरि प्रमुख बिपक्षी दल नेपाली कांग्रेसले अख्तियारलाई उचाली आफ्नालाई जोगाउन लगाई अरुलाई बिना कसुर फसाउन लागेको आरो प लगाएको छ । नेकपा बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल र बिष्णु पौडेललाई जोगाएको भन्दा कांग्रेसले लगातार तीन दिन संसद बैठक नै अवरुद्ध गरेको थियो ।