• एजेन्सी, २९ माघ । महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको बारेमा प्र्यांक गर्ने एक व्यक्ति पक्राउ परेका छन् । यो घटना नेपालमा भने होइन, यो रुसमा भएको घटना हो ।

    रमाइलोका लागि मेट्रो रेलमा भाइरस सङ्क्रमणको नक्कल गरी बेहोस भएको नाटक गर्ने करोमतुल्लो जाबोरोभ नामका ती प्राङ्कस्टारलाई रसियन अधिकारीले प क्राउ गरेका हुन् ।

    सामाजिक सञ्जालमा राखिएको फुटेजमा अनुहारमा मास्क लगाएका एक युवक मस्को मेट्रोमा अचानक ढल्छन् र उसका साथीहरुले उसलाई कोरोना भाइरस लागेको भन्दै कराएको देखिन्छ ।

    रेलमा रहेका यात्रुहरु भयवित हुन्छन् र आत्तिएर ती युवकबाट टाढा भाग्छन् । जव उनले प्र्यांक गरेको थाहा हुन्छ तव उनलाई बदमासी गरेको आरोपमा प्रहरीले पक्राउ गर्छ ।

    जाबोरोभ फेव्रुअरी ८ मा प्रकाउ परेको रसियन स्टेट न्युज एजेन्सीलाई उदृत गर्दै सिएनएनले जनाएको छ । रसियामा यस अपराधमा पाँच वर्ष जेल सजायको व्यवस्था छ ।

    रुसी गृह मन्त्रालयका अनुसार प्रहरीले यस घटनामा संलग्न अन्य दुई जनाको पहिचान गरी मस्को छाडेर नजान आदेश दिएको छ ।

    मस्कोको चेर्योमुस्किनस्की अदालतले ताजिक्स्थानी नागरिक जाबोरोभलाई ट्रायलमा राख्नुअघि मार्च ८ सम्म हि रासतमा राख्न आदेश दिएको छ ।

    आरोपीका वकिल एलेक्सी पोपोभले आफ्नो क्लाइन्टले भाइरसबारे जनचेतना फैलाउन प्राङ्क गरेको बताउँदै प क्राउ गर्ने अदालतको निर्णयमा अपिल गर्ने बताएका छन् ।

    उनका वकिलले भनेका छन्, ‘उनीहरु अधिकारीलाई ध्यानकर्षण गराउन चाहन्छन्, अपराध गरेको कुनै प्रमाण छैन ।’

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…