काठमाडौं, । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने र गराउने दुबै देशका शत्रु रहेको बताएकी छन् ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवशका अवसरमा हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपतिले यस्तो बताएकी हुन् ।
उनले भ्रष्टाचारको स्वरुप र शैलीमा परिवर्तन हुँदै गएको बताउँदै यस्तो प्रवृत्तीलाई निरुत्साहित गर्नुपर्ने आवस्यकता समेत औंल्याइन् । ‘भ्रष्टाचार गर्ने र गराउने दुबै दुबै देशका शत्रु हुन् । भ्रष्टाचारविरुद्ध सामुहिक रुपले ससक्त कदम चाल्नुपर्छ,’ भण्डारीले भनिन् ।
राष्ट्रपति भण्डारीले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर मुलुक हीतमा काम गर्नसमेत आग्रह गरिन् । सार्वजनिक सम्पत्तिको दुरुपयोगले विकासमा अवरोध सिर्जना हुन पुगेको भनाई राष्ट्रपतिको थियो ।