• काठमाडौँ । कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका एक विदेशी नागरिक पुनः फलोअपमा नगएको विषयले हंगामा भएको छ । चार दिनअघि एक विदेशी नागरिकलाई उनका साथीले कोरोना भाइरसको आशंका गर्दै टेकु अस्पताल लगेका थिए ।

    अस्पतालको ओपीडीमा ती विदेशी काउन्सिलिङका लागि पुगेको र आफूले नै उनलाई काउन्सिलिङ गरेको अस्पतालका प्रमुख शेरबहादुर पुनले रातोपाटीलाई जानकारी दिए ।

    ‘करिब ४ दिनअघि जस्तो लाग्छ एक जना विदेशी नागरिकलाई उहाँका साथीले कोरोनाको आशंकामा अस्पताल ल्याउनु भएको थियो । मैले नै उहाँलाई काउन्सिलिङ गरेको थिएँ’ पुनले भने, ‘रुघाखोकी लागेका उनमा कोरोनाको जस्तो लक्षण थिएन । तैपनि मैले कुनै थप समस्या देखिए जुनसुकै बेला अस्पतालमा आउन सक्नुहुन्छ भनेको थिएँ । उहाँहरु जानु भएछ, पछि सम्पर्कमा आउनु भएन, भएको यही हो ।’

    चीन हुँदै नेपाल आएका उनीहरु खाडी मूलुकका नागरिक भएको पुनले बताए ।

    यस्तै ती विदेशी नागरिकमा कोरोना भाइरस लागेको नलागेकोबारे कुनै परीक्षण नभएको पुनले बताए । ‘ओपीडीमा देखाउनु भएपछि भर्नाको कुरा पनि भएको हो तर उहाँहरुले सोही दिन स्वदेश फर्किने कुरा पनि गर्नुभएको थियो’, उनले भने, ‘भीडभाड भएकाले अरु बिरामी पनि जाँचन थाल्दा उहाँहरु हिँडिसक्नु भएछ ।’ यही विषय स्वास्थ्य मन्त्रालय स्रोत हुँदै बाहिरिएपछि हंगामा भएको हो । ती विदेशी नागरिक स्वदेश फर्के-नफर्केकाे भने खुल्न सकेकाे छैन ।

    नेपालमा कोरोनाभाइरसको संक्रमण हालसम्म एक जनामा मात्रै पुष्टि भएको छ । उनीपनि अहिले स्वस्थ भइसकेका छन् । तर कोरोनाकाे आशंकामा दिनहुँ सामान्य रुघाखोकी लागेकाहरु समेत टेकु अस्पताल पुग्ने गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…