• यस वर्षको भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका लागि भारतबाट करिब एक करोड मूल्य बराबरको गुलाबका फूल आयात भएको छ। बार्षिक ४ करोड बराबरको गुलाब आयात गरिने भए पनि भ्यालेन्टाइनको एक हप्तामा मात्र त्यसको २५ प्रतिशत आयात हुने गरेको छ ।

    फेब्रुअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकुल मौसम हुने भएकाले उत्पादनमा कमि हुने हुँदा आन्तरिक उत्पादनले बजार मागको २५ प्रतिशतमात्र धान्ने भएकाले ७५ प्रतिशत भारतबाट आयात गरिएको हो। नेपाल फ्लोरिकल्चर एसोसिएशनका अनुसार यसवर्ष २ लाख स्टिम गुलाबको माग छ जसमध्ये ५० हजार स्वदेशमै उत्पादन हुन्छ भने बाँकी १ लाख ५० हजार भारतबाट आयात गरिन्छ।

    ‘हाम्रो उत्पादनले मागको २५ प्रतिशतसम्म मात्र धान्ने अवस्था छ। त्यसैले भारतबाट एक लाख ५० हजार गुलाब आयात हुन्छ’, एसोसियसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले भने। गत वर्षको तुलनामा यसवर्ष २० प्रतिशले माग बढेको छ। गत वर्ष करिब १ लाख ६० हजार गुलाब प्रणय दिवसका दिन खपत भएको थियो। श्रेष्ठका अनुसार सामान्य दिनमा दैनिक ८ हजार स्टिम गुलाब माग हुने गरेकोमा प्रणय दिवसको एक हप्ताभरी २ लाख पुग्छ।

    तर वार्षिकरुपमा माग बढ्दै गएपनि उत्पादन भने वृद्धि हुन सकेको छैन्। गत वर्ष करिब ५० हजार गुलाब उत्पादन भएको थियो। उत्पादनमा वृद्धि हुन नसक्नुका पछाडि हाइटेक प्रविधिको अभाव प्रमूख भएको श्रेष्ठले बताए । प्रेम दिवसमामा ७५प्रतिशत, सामान्य दिनमा २० प्रतिशत तथा ग्रीन प्लान्ट सिजनलका रुपमा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको श्रेष्ठको भनाई छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…