• तनहुँ, १ फागुन । पोखराको घटना सेलाउन नपाउदै तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित माहिन्द्री माविका प्रधानाध्यापकको कु टाईले विद्यार्थी घा इते भएका छन् ।

    विद्यालयका प्रधानाध्यापक प्रकाश काफ्लेको कु टाईबाट कक्षा ८ मा अध्ययनरत छात्रा निर्जला ढकाल घा इते भएकी हुन् ।

    मंगलबार विद्यालयकै समयमा प्रअ काफ्लेले कानमा हान्दा निर्जलाको कानमा असर परेको उनका हजुरबुबा उदयवंश न्यौपानेले जानकारी दिए ।

    दिउँसोको खाजा खाने समयमा एक जना साथीसँग विद्यालयको कम्पाउण्ड भन्दा बाहिर गएको भन्दै प्रअ काफ्लेले कक्षामा आएर गालामा हान्दा कानमा परेको र त्यसपछि कानबाट र गत बगेको निर्जलाको भनाइ छ ।

    निर्जलाको बुधबार दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा लगिएको हजुरवुवा न्यौपानेले बताए ।

    प्रअ काफ्लेले आफूले सामान्य कुटपिट गरेको भन्दै आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । छात्राको कान दुखेको बारेमा आफूलाई जानकारी गराएपछि आफैले उपचारको लागि लिएर आएको बताए ।

    केहि दिनअघि मात्रै पोखराको एक बिद्यालयमा शिक्षिकाले ३ कक्षामा पढ्ने एक बालकलाई लठ्ठीले टाउकोमा हान्दा २ टाँका लगाउनु परेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…