• फागुन १, पथरी ।
    मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्विका प्रसाद धमलाले बैठक पछि होटलमा गएर मन लाग्दी खाना खाने जनप्रतिनिधिको सुविधा कटौति गरिदिएका छन् ।
    विस २०७१ सालमा स्थापना भएको पथरी शनिश्चरे नगरपालिकामा यस अघि ७ जना कार्यकारी अधिकृतहरुले आफ्नो सेवा दिएर गईसकेको तथ्याङ्कले देखाउछ ।
    देश संघिय प्रणालीमा गए सगै स्थानिय निर्वाच बाट चुनिएर आएका जनप्रतिनिधिले पनि लगभग ३ वर्षको अवधि पार गरिसेका छन् ।
    निर्वाचित जनप्रनिधि सग–सगै कार्यकारी अधिकृतको रुपमा पछिल्लो अवस्थामा २ जना अधिकृतहरुले सेवा प्रदान गरेर पालिका बाट विदा भएका छन् ।
    यो ३ वर्षको अवधिमा कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी पाएर आएको प्रमुखहरुले यो सुविधालाई कटौती गरेको भए ३०÷३५ लाख रुपैया खर्च कम हुने अनुमान लगाउन सकिन्छ तर त्यसप्रति कसैको अहिले सम्म ध्यान जान सकेको थिएन ।
    स्थानिय तहमा महिनामा ३ देखि ५ वटा सम्म बैठक बस्ने काम भइरन्छ । जसमा बैठक सकिना साथ ३५÷४० जना जनप्रतिनिधिको लर्को नजिकैको सानदार होटल तिर आफुलाई मन पसन्द खाना खान लर्को लाग्ने गथ्र्यो ।
    तर २०७६ बैशाख वाट आफ्नो कार्यभार सम्हालेर आएका धमलाले जनप्रतिनिधिको यो परम्परालाई कटौती गरिदिएका छन् ।
    एक अनौपचारिक कुराकानीको सिलसिलामा धमलाले भन्नुभयो– “नगरको बजेटमा खाना खाने काम रोकिएको छ यो चलन रोकिएपछि मासिक रुपमा कम्तिमा १ लाख भन्दा वढि रकम बचत हुन आएको छ ।”
    नगरमा आवश्यकता अनुसार कुनै महिना २÷३ वटा कुनै महिनामा ५÷६ वटा कार्यपालिका बैठक बस्ने गरेको छ । हरेक बैठकमा कम्तिमा ३० हजार खर्च खानामा मात्रै खर्च हुने गरेको धमलाले बताउनुभयो ।
    यसरी जनताको पैसाले बैठक सकेर खाना खान जाँदा जनताले जनप्रतिनिधिलाई पनि नराम्रो नजरले हेर्ने भएकाले यो चलनलाई हटाउँ भनेर आफैँले प्रस्ताव लगेर हटाएको धमलाले बताउनु भयो ।
    अहिले बैठकमा विहान सामान्य खाजामा चना, चिउरा र चिया खाने चलन छ प्रत्येक बैठकमा २ हजारका दरले भत्ता पनि दिइने भएकाले सबैले सोही भत्ताको रकमबाट खाना खाने निर्णय भएको धमलाले बताउनुभयो ।
    यसरी पाउदै गरेको सुविधा हटाउन खोज्दा सबै जनप्रतिनिधिले पनि साथ दिएको धमलाको भनाइ छ ।
    अहिले नगरका १० लाख माथिका सम्पूर्ण योजनाहरु ठेक्का मार्फत गर्ने निर्णय गरेको गरेको छ ।
    ठेक्कामा सोही काम घटाघटमा हुँदा रकम बचत हुने भएकाले यो चालु आर्थिक वर्षमा मात्रै पनि २ करोड भन्दा बढी रकम बचत भएको धमलाले बताउनुभयो ।
    सो रकम सबै उपभोक्ता मार्फत माग गरेको भए सबै सकिने तर ठेक्का वा टेण्डर मार्फत काम गर्दा सोही गुणस्तरको काम कम बजेटमा सम्पन्न हुने गरेको छ ।
    योजनामा गल्ती भएको खण्डमा उपभोक्तालाई कार्वाही समेत गर्ने ठाउँ नरहेको तर ठेकेदार कम्पनीले गलत गरेका कार्वाहीको दायरामा समेत ल्याउन सकिने धमलाले बताउनुभयो ।
    आगामी नगर परिषदमा सो बचत भएको २ करोडको पनि नयाँ योजना ल्याउने धमलाको सोच छ ।
    अहिले सार्वजनिक पद धारण गरेका (शिक्षक, कर्मचारी)हरुले कुनैपनि योजनाको उपभोक्तामा बस्न नपाउने निर्णय गरेको पनि धमलाले बताउनुभयो ।
    चालु अवस्थामा रहेका योजनाहरु बैशाख मसान्त सम्ममा सक्ने योजना नगरको रहेको पनि धमलाले सुनाउनुभयो ।
    अब आफु अवकाश हुन ४ वर्ष जति बाँकी रहेका समयमा आफुले अहिले सम्म नगरेको गल्ती गरेर गाँउ फिर्न मन नभएको धमलाले बताउनुभयो ।
    काम गर्दै जाँदा अनेकौँ बाधाहरु, अरोपहरु आउने गरेता पनि आफु नीति र नियममा रहेर कार्य सम्पादन गर्नका कटिबद्ध रहेको पनि धमलाले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…