• नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र नेतृत्वकै कारण जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको बताउनुभएको छ । जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा नेकपा चितवनद्वारा आज भरतपुरमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्र्दै अध्यक्ष प्रचण्डले धैरै वर्षसम्मको वैचारिक बहस र कसरतपछि शान्ति प्रक्रिया र पार्टी एकीकरणका काम भएको बताउनुभयो ।

    ‘‘तत्कालीन नेकपा एमाले र माओवादीबीचको शृङ्खलाबद्ध वार्ताले देशलाई सङ्घीय गणतन्त्रमा लैजाने अठोट गरेको हो’’, उहाँले भन्नुभयो,“त्यसले देशलाई युगीन परिवर्तन ग¥यो ।” दाहालले कसैको नक्कल गरेर क्रान्ति नगरको भन्दै नेपालको क्रान्तिमा आफ्नैपन रहेको बताउनुभयो । ‘‘नेपालमा जस्तै मौलिक परिवर्तन दुनियाँमा कतै भएको छैन्”, उहाँले भन्नुभयो,“यो सही विचारका कारण हुनसक्यो ।”

    कम्युनिष्ट कमजोर अरुका कारण नभई आफ्नै कारणले हुने गरेको उहाँले बताउनुभयो । ‘‘कम्युनिष्ट आन्दोलन प्रतिक्रियावादीको सङ्घर्षमा पराजित भएको छैन्”, उहाँले भन्नुभयो,“आफँैभित्र देखा पर्ने विसङ्गति, विचलन र विकृतिले आफैँ सिद्धिने गरेका छौँ ।”

    ‘‘पार्टी एकता हतपत आवेगमा विचार नै नगरी भएको हो भन्ने कतिपयलाई लाग्न सक्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो,“यसका लागि धेरै वैचारिक बहस भएका छन् ।” पार्टी र सिद्धान्त समय र परिस्थिति अनुसार परिवर्तन हुनुपर्ने उहाँले बताउनुभयो ।

    नेपालमा हतियार नउठाएका पार्टीको राजनीतिक अस्तित्व नरहेको जिकिर गर्दै २००७ सालको जनक्रान्ति, २०२८ सालको झापा विद्रोह र २०५२ सालको जनयुद्धमार्फत आएका पार्टी नै नेपालमा स्थापित भएको उहाँको भनाइ छ । RSS
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…