• काठमाडौं, २ फागुन । आज भ्यालेनटाइन डे अर्थात प्रेम दिवस, प्रेम साटासाट गर्ने काठमाडौंमा डेटिङ जाने ठाउँ नभएको युवायुवतीको गुनासो गरेका छन् । काठमाडाैंकाे बसन्तपुरमा भेटिएका युवा युवतीहरुले डेटिङ जानलाई एउटा गतिलो पार्क पनि नभएको गुनासाे गरेका हुन् ।

    काठमाडौंमा रहेका केही पार्कहरुमा माया साटासाट गर्न उपयुक्त नभएकाे उनीहरुकाे गुनासाे छ । नाम उल्लेख नगर्ने शर्तमा एक जोडीले काठमाडौंभित्र उचित ठाँउ नभेटेपछि प्रेम दिवस मनाउन गोदावरी पुग्ने बताए । उनीहरु भन्छन् , “रत्नपार्क, शंखपार्क जस्ता पार्क त छन् तर त्यहाँ पार्किङको समस्या हुन्छ, एकदमै भिड हुन्छ, खासै सुरक्षित पनि छैन त्यसैले हामी चाहिँ गोदवारी नै जाने ।”

    काठमाडौंमा मानिसको तुलनामा पार्कहरु कम रहेको त्यसमा पनि उचित पार्किङ नभएको, केही खानेकुरा पनि नपाइने, कोलाहल बढी भएका कारण काठमाडौं भित्रका पार्कमा डेटिङ जाने वातावरण नै नभएको उनीहरुले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…