वर्तमान समयमा हाम्रो वरपर विभिन्न किसिमका महोत्सव लागि रहेका हुन्छन । कृषि महोत्सव, खाना महोत्सव, औधोगिक महोत्सव जस्ता इत्यादि । महोत्सव शब्दले आफै विशेष अर्थ राखेको हुन्छ । महा+उत्सव = महोत्सव । महोत्सव सुन्दा नै खुशी र उमंग वोकेर आउने शव्द हो फेब्रुअरी महिनालाई लक्षित गरेर प्रपोज डे, चकलेट डे, किस डे, जस्ता विविध डे मनाईन्छ । अझ त्यसमा युवा पुस्तामा वितेका केही दशकमा लोकप्रियता कमाएको भ्यालेन्टाईन डे, अर्थात प्रणय दिवसको कुरा गर्दा उमंगित नहुने सायदै कमै टिनएज होलान् । के हो त ? भ्यालेन्टाईन डे, भन्ने जान्नका लागि तेस्रो शताव्दीको अन्त्यतिरको रोमको इतिहासलाई फर्केर हेर्नुपर्ने हुन्छ ।
भनिन्छ भ्यालेन्टाईन डे सेन्ट पादरीले साँचोमाया गर्ने जोडीहरुका लागि दिएको योगदानको कदर हो । तत्कालीन रोमका सम्राट क्लाउडियसको मान्यता थियो कि युवायुवतीमा प्रेम संम्वन्ध रहयो भने शैन्य शक्ति कमजोर हुन्छ । र, आफ्नो शासन सत्ता कमजोर हुन्छ । त्यसकारण उनले आफ्नो सत्ताको दुरुपयोग गरि युवायुवतीका विचमा प्रेम संम्वन्ध रहनु गैरकानुनी हो भन्दै उर्दी जारी गरेका थिए । चोखो मायामा ईश्वरको साथ हुन्छ भन्ने मान्यता राख्ने पादरी सेन्ट भ्यालेन्टाईनलाई यो कुरा मन परेन । फलस्वरुप: सम्राट क्लाउडियसको आदेशको अवज्ञा गर्दै भ्यालेन्टाईनले प्रेम संम्वन्धमा रहेका युवायुवतीलाई मिलाउनु धर्म ठानेर ईश्वरको साथ सम्झी लुकिछिपी मिलाउने काम गरे। समय वित्दै जादा सम्राटलाई थाहा भयो। र, सम्राट क्लाउडियसको आदेशको अवज्ञा गरेको कसुरमा पादरी सेन्ट भ्यालेन्टाईनलाई गिरहप्तार गरी इसापुर्व २७० को फेव्रअरी १४ मा मृत्युदण्ड दिए।
उनै पादरीको संम्झनामा मिलन भएका युगल जोडीहरुले उनको आत्माको चिरशान्तिको कामना गर्दै संम्मान गर्न थाले । यसरी सुरुवाती कालमा फेव्रअरी १४ भ्यालेन्टाईनले प्राण त्याग गरेको दिनलाई संम्झना गर्न थालियो र पछिल्लो समयमा यसैलाई विशेष उत्सवको रुपमा समेत मनाउन थालियो । केही सिमित युगल जोडीहरुको प्रेममिलन गरिदिएता पनि त्यो समयको कानुन अनुसार उनी अपराधी थिए । अच्चमको कुरा ! हामी फेव्रअरी १४ लाई किन उत्सवको रुपमा मनाउन्छौ ? पादरीले प्राण त्याग गरेको उपलक्ष्यमा या प्रेमको मिलन भएको उपलक्ष्यमा ? युगल जोडिको मिलन भएको संम्झनामा हो भने १४ फेव्रअरीमा भ्यालेन्टाईन लाई मृत्युदण्ड दिईएको थियो कुनै संम्मान होईन। यदी, पादरीको मृत्युदण्ड दिईएको उत्सव मनाइएको हो भने किन पुष्पराज रातो गुलावको प्रयोग गरिन्छ । शोकको प्रतिक सेतो गुलाव होइन र ?
पश्चिमाहरुले आफ्नो सँस्कृति जवरजस्त विश्वव्यापी रुपमा फैलाउन थोपारीएको मास्टर डिजाईन हो यो । हामी अन्धभक्त भएर अनुशरण गरिरहनु आत्मसमर्पणवादको चरम पराकाष्टा हो । साँच्चै हिन्दुसंस्कारमा रहेर प्रेम दिवस मनाउने हो भने न्याय माया ममता प्रेमकी खानी सरस्वती देवीको पुजाको दिन प्रेम दिवस मनाउनु हो । नारी स्वतन्त्रता भनेको छोटा कट्टु लगाएर हिडडुल गर्न पाउनु नभएर आफ्ना विचार स्वतन्त्र भएर वोल्न वा राख्न पाउनु भए जस्तै धार्मिक स्वतन्त्रता भनेको विदेशी संस्कृतिको भारी नवोकी आफ्ना मौलिक सँस्कृतिको रक्षा गर्नु पनि हो ।
हामी साँच्चै महान उत्सवको खोजीमा छौ भने, हामीसंग भएका सद्भावको प्रतिक वडा दशैं, मेलमिलावको प्रतिक भाईटिका र रड़गहरुको रंगिन चाड होलीलाई नयाँ पनले मनाउन सक्छौ । आज जसरी हामी अरुको सँस्कृति अंगाली रहेका छौ भोलीका दिनमा होलीलाई रंगिन उत्सवको रुपमा विश्वव्यापी रुपमा फैलाउन सक्छौ । त्यसका लागि हाम्रो देशका निति नियम कानुन र सँस्कारमा खोलीएका सपिङ मलहरु क्रिसमस रुखले सजाउनु भन्दा सप्तरंगी टिका र फूलले सजाउनु पर्छ । फेव्रअरी १४ मा हेप्पी भ्यालेन्टाईन डे, भनेर आन्टीलाई फोन गर्ने अड़कलले सरस्वती पुजाको दिन हेप्पी प्रेम दिवस भन्नु पर्छ । पाकिस्तान जस्ता इस्लामिक देशमा भ्यालेन्टाईन डे मनाउनु गैरकानुनी मानिन्छ । के त्यहाँका युगल जोडीहरुले साँचो माया गरेकै छैनन् ? या गर्न जानेकै छैनन् !
प्रेम भनेको दुई आत्माको मिलन हो । सच्चा समर्पण हो। एक अर्काको विश्वास हो । इमानदारीता हो । कुनै पादरीको आषिक होइन । यदी फेब्रुअरी १४ मा सवैको मिलन हुनेभए भ्यालेन्टाईनले प्राण त्याग गर्नु र आफ्नी प्रेमीका जेलरकी छोरीलाई छोड्नु पर्ने थिएन । वास्तविक कुरा यो वर्षको भ्यालेन्टाईन डे मा संगै डेटिङ वसेका वा डेट जाँदै गरेका युगल जोडीहरु अर्को वर्षको भ्यालेन्टाईन डे संम्म संगै हुन्छन्, संगै रहन्छन् , अथवा विवाह गर्छन् भन्ने ग्यारेन्टी छैन । तर एकआपसमा मन मिलेर डिसेम्वर ३० मा रातको समयमा लुकी चोरी भागेर विवाहा गरेका थुप्रै युगल जोडीहरु सुखको जिन्दगी वाँचेका छन् । यसो भनिरहदा वर्षै देखी आफुले मन पराएको प्रेमी वा प्रेमीकालाई प्रपोज गर्न तम्तयार भएका युवायुवतीलाई चस्को पस्नु स्वभाविक नै हो । किनकी उनीहरुलाई वावाआमाको रगत र पसिनाको कमाईमा उफ्रेर भ्यालेन्टाईन डे मनाउनुको मज्जा मात्र थाहा हुन्छ ।
हाम्रो हिन्दु दर्शनशास्त्रमा विवाह जस्तो पवित्र वन्धन सँस्कार मान्ने हाम्रा लागि ३६५ दिन नै स्पेसल भ्यालेन्टाईन डे छ । त्यसैले हामी प्रेमको लागि प्राणको आहुति दिने पादरी सेन्ट भ्यालेन्टाईनलाई संम्मान गर्नुपर्छ भ्यालेन्टाईन डे का राम्रा पक्षहरुको अनुशरण पनि गर्नुपर्छ । तर, भ्यालेन्टाईन डे मनाउने नाममा सार्वजनिक स्थानमा अजिव हर्कत गर्नु प्रणयको प्रतिक नभई विकृति विसंड़गतिको प्रतिक हो । हाम्रो देश अनुसारको भेष अपाच्य हुनसक्छ । त्यसैले सभ्य र भव्य रुपले भ्यालेन्टाईन डे मनाउं । – सरोज बस्याल