हरेक बर्ष झै मोरङको उर्लाबारीमा महाशिवरात्रिको अवसरमा फागुन ९ गते ‘बृहत साँगीतिक साँझ’ आयोजना गरिने भएको छ । यु युथ्स अफ उर्लाबारीको आयोजनामा साँझ ५ बजे होटेल सिंघिम परिसरमा हुने उक्त साँगीतिक कार्यक्रममा चर्चित गायक डम्बर नेपाली र निशान भट्टराईको आकर्षक प्रस्तुति रहने छ । ‘उर्लाबारीलाई साँगीतिक उर्भरभुमीको रुपमा देशविदेशमै चिनाउन सफल डम्बर र निशानलाई बिशेष सम्मान गरिने भएको छ ।
कार्यक्रको तयारी कस्तो हुँदैछ, खर्च ब्यवस्थापन लगायत संस्थाको विविध बिषयमा संस्थाका अध्यक्ष प्रेमराज शर्मासँग कुराकानीका सारहरु ।
महाशिव रात्रि लाईभ कन्सर्टकोे तयारी कस्तो हुँदैछ ?
कन्सर्टलाई सम्भव भएसम्म भब्य बनाउन हामी जोडतोडका साथ तयारी गरिरहेका छौं । प्रचार प्रसारलाई तिब्रता दिइएको छ । कार्यक्रम सम्पन्न गर्न हामीलाई पहिलेको भन्दा बढी चुनौती छ । तर उत्तिकै मात्रामा सबैको साथ सहयोग पनि छ । कार्यक्रम भब्य रुपमा सम्पन्न हुनेमा विश्वस्त छौं ।
कार्यक्रममा के छ बिशेष आकर्षण ?
उर्लाबारीका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा उर्लाबारीमै घर भई राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमै साँगीतिक क्षेत्रबाट ख्याती कमाएका गायक डम्बर नेपाली र नेपाल आइडलबाट अझ चम्किएका निसान भट्टराईको बिशेष प्रस्तुति रहने छ । उहाँहरुको प्रस्तुतीमा रम्न झुम्न सक्नुहुनेछ ।
लाइभ कन्सर्टको रमाइलोसँगै उहाँहरुलाई सम्मान गर्दछौ ।
यति भब्य कार्यक्रम गर्न लाग्नुभएको रैछ, कसरी खर्च व्यवस्थापन गर्नहुन्छ ?
सहि, प्रश्न सोध्नुभयो, आज जे काम गर्न पनि खर्च नै चाँहिन्छ । तर खर्च मात्र सबैथोक होईन, कार्यक्रमको स्तरीयतालाई स्थानीय स्तरको साथ सहयोग र हौषलाले मापन गर्छ । हामीले जति साथ पाउनुपर्ने हो पाएका छौ । तर पनि अति कम खर्चमा कार्यक्रम सम्पन्न गर्न लागेका छौ । तडकभडक रहितको स्वच्छ मनोरोन्जन ,पारिवारिक वाताबरणमा क्लवसँग स्थानीयको सामिप्यता कामय गर्दै सामाजिक काममा क्रियाशिल छौ ।
खर्चका लागि स्थानीय सँघसंस्था व्यवसायीबाट सहयोग छ । टिकट पनि राखेका छौ । टिकट बिक्रिबाट संकलन भएको कार्यक्रम व्वस्थापन गर्नेछौ ।
तपाईहरुलाई को कस्ले मुख्य प्रायोजन गरिरहनुभएको छ ?
हामीलाई बिशेष गरी टुर्वोक बियरले मुख्य प्रायोजन, सहप्रायोजनमा एभरेष्ट फनपार्क र हाम्रो होटल डटकमले सहयोग गर्नुभएको छ । समाजसेवी सुन्दर श्रेष्ठको बिशेष सहयोग रहने नै भयो ।
यसका साथैं मोरङ मोडल कलेज, गोदावरी हस्पिटल,टोटला रेष्ट्रो, सिद्धार्थ एग्रीगेट,श्रेष्ठ निर्माण सेवा, एनआरआर एन कङ्कीट उद्योग,उर्लाबारी अपसेट प्रेस,गरिमा विकास बैक, हिरो सोरुम उर्लाबारी, अबिष बुटिक,सनम टोपी भण्डार र अन्त्यमा पोखराबाट समेत स्पेरेन्जा लन्ज एण्ड बारले सहयोग गरिरहनुभएको छ ।
यो , त भयो कार्यक्रमबारेमा अब संस्थाको बारेमा पनि बताईदिनु न ?
२०७४ सालमा उर्लाबारीमा सामाजिक काम गर्न रुचाउने क्रियाशिल युवाहरुलाई एकिकृत गरी निर्माण गरिएको यो संस्था स्थानीय स्तरमा सामाजिक काम गरिरहेको छ । दुखबिराममा परेर आर्थिक अभावमा झेलिएकालाई सहयोग संकलन गरिदिने, लागुऔषध बिरुद्ध लगायत बिभिन्न सचेतना मुलक तालिम र कार्यक्रम गरेका छौ । हरेक बर्ष शिभरात्रिमा कार्यक्रममा गर्दा कार्यक्रमबाट बचेको रकम दिनदुखीलाई सहयोग गरेका छौ । पोहोरसाल मृगौला पीडित रेश्मा शेर्मा (१२) बहिनीलाई कार्यक्रमबाट संकलन गरेको नगद ३ लाख १६ हजार २ सय ३० रुपैया सहयोग गर्न सक्यौ । जस कार्यले हामीहरुको छाती गौरभले चौडा हुन्छ । तर बिडम्बना बहिनीलाई बचाउन सकनौ । दुख लाग्छ ।
अन्त्यमा के भन्नु चाहानुहन्छ ?
अन्त्यमा हाम्रो कुरा राख्न दिनुभएकोमा तपाईहरुको मिडियालाई धन्यवाद दिन चाहान्छौ । साँगीतिक पारखीहरुलाई यो हाम्रो संस्थाको मात्र कार्यक्रम नभएर आफ्नै कार्यक्रम सम्जेर आईदिनुहुन निमन्त्रणा गर्दछौ । सबैको साथ सहयोग पाउने बिश्वास लिएका छौ ।
प्रस्तुतीःआशिष भुजेल