• काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक तथा सामाजिक विकासको लागि अंक र विवरणले भन्दा पनि नतिजामुखी काम गर्ने सरकारले नीति रहेको उल्लेख गर्दै भ्रष्टाचारको विषयमा आफुले मुखमा पानी लगाएर नवस्ने चेतावनी दिनुभएको छ ।

    शनिबार संसदको प्रतिनिधिसभा बैठकमा सरकारको दुई वर्ष काम कारबाहीको जनाकारी दिँदै उहाँले लोकतन्त्रको स्थापना तथा वर्तमान सरकार विधिको शासनलाई अक्षरस पालना गर्ने बताउँदै भ्रष्टाचारी ठूला वा साना जो सुकै हुन त्यसलाई निर्मम भई कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो । विश्वको नजर तथा आर्थिक अवस्थामा नेपाल गरिब भएको तर वर्तमान सरकारले कोही भोकै नमर्ने ताथ भोकै बस्नु नपर्ने बताउनुभएको छ ।

    प्रधानमन्त्री ओलीले वालुवाटार स्थित ललिता निवास काण्डमा आफैले छानविन समिति बनाएको उल्लेख गर्दै अख्तियारले विधिपूर्वक अनुसन्धान गरी अघि बढेको र देश भर सरकारी जग्गा व्यक्तिले लगेका सम्पूर्ण जग्गालाई सरकारी बनाएर छाड्ने प्रतिबद्धता जनाउनुभयो ।

    सरकार आग्रह तथा कुनै पनि पूर्वाग्रहमा नरहेको उल्लेख गर्दै सुन काण्ड, ट्रष्ट काण्ड, वाइडवडी काण्ड सरकारले कानुनी दायरमा ल्याउने प्रतिवद्धता जनाउँदै सार्वजनिक जग्गालगायतका कार्यहरुमा संविधान विपरित कुनै पनि कार्य नहुने स्पष्ट पार्नुभयो ।

    करको दायरा मात्र बढाउने काम गरेको बढाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘ एउटा भ्रम छ । सरकारले कर बढाएको होइन, करको दायरा बढाउने काम गरेको छ ।’ प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको पहिलो वर्ष आधार वर्ष भएको र चालु दोस्रो आर्थिक वर्षलाई विकासको आरम्भको वर्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो वर्षलाई आधार वर्षका रूपमा लिएका थियौं । चालु दोस्रो आर्थिक वर्षलाई विकासको आरम्भको वर्षका रूपमा लिएका छौं । नेपालमा गरिबी छ, तर एउटा कोही भोकले मर्दैन ।’

    उहाँले संविधान नमान्ने सीके राउत समूहलाई कानुनको दायरामा ल्याएको बताउँदै अन्य समूहलाई पनि यही बाटोमा ल्याउन सरकार अग्रसर रहेको बताउनुभयो ।

    पार्टी खोल्ने, झण्डा बोक्ने र सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्रै आफूले लोकतन्त्र नठान्ने उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘पार्टी खोल्ने, झण्डा बोक्ने र सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्रै म लोकतन्त्र ठान्दिनँ । म त्यस्तो लोकतन्त्रलाई मान्छु जहाँ हरेक नागरिकको शिक्षा र स्वास्थ्यको सुनिश्चितता होस्, बालपनको संरक्षण, युवाअवस्थामा रोजगारी र वृद्धाअवस्थामा सुरक्षा भएको समाज व्यवस्था होस् । सबै नागरिकलाई समानतासहितको लोकतन्त्र होस् ।’

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…