•  

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा आफूनो भूमिका, पहिचान, प्रभाव र परिचय विस्तार गरेको बताएका छन् । शनिबार संसदको प्रतिनिधिसभामा सरकारको काम कारबाहीबारे जानकारी दिँदै उनले भने,‘ हामीले अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो भूमिका, पहिचान, प्रभाव र परिचय विस्तार गरेका छौँ । अहिले हाम्रो अन्तराष्ट्रिय सम्बन्ध १६८ देशसँग विस्तार भएको छ ।’
    नेपालसँग सम्बन्ध विस्तार र सुदृण गर्न अन्तराष्ट्रिय जगतको अभिरुचि पनि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

    ‘मैले भनिरहनु पर्ला जस्तो लाग्दैन नेपालसँग सम्बन्ध विस्तार र सुदृण गर्न अन्तराष्ट्रिय जगतको अभिरुचि पनि बढेको छ । मैले बेलायत र फ्रान्सको भ्रमण दुई दशकपछि प्रधानमन्त्रीको हैसियतका गरेको हुँ । १७ वर्षपछि परराष्ट्रमन्त्रीको अमेरिका र १४ वर्षपछि रुस भ्रमण भएको छ । चीनका राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण सम्पन्न भएको छ । भारतका प्रधानमन्त्रीको एउटै कार्यकालमा ४ पटक भ्रमण भएको छ ।’

    नेपालले सम्बन्ध विस्तारलाई पनि अगाडि बढाएको उनले बताए । ‘यस्ता कुराहरुले हाम्रो सम्बन्ध विस्तारलाई अगाडि बढाएको छ । पहिले हामी अन्तर्राष्ट्रि मञ्चहरुमध्ये एशिया सोसाइटीमा मात्रै सिमित देखिन्थ्यो । अहिले एशिया सोसाइटीका अतिरिक्त डाबसो, अक्सबोर्ड युनिभर्सिटी, राष्ट्रसंघीय शान्ति विद्यालयजस्ता विश्व प्रसिद्ध फोरमहरुमा विचार प्रस्तुत गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले हामी विश्वस्तरको नयाँ फोरम पनि सुरु गर्दै छौँ , सगरमाथा संवाद । जसमा एक वर्षका लागि हामीले कलाइमेन्ट च्यान्ज, माउन्टेन फियुचर आफ होमानिटी भन्ने शीर्षक राखेका छौँ ।’

    राष्ट्रले दिएको जिम्मेवारी सरकारले गम्भीरता पूर्वक लिँदै मातृभूमिको रक्षा गर्ने उनले बताए । ‘सीमा विवादमा राष्ट्र एक ठाउँमा छ । राष्ट्रले दिएको जिम्मेवारी सरकारले गम्भीरता पूर्वक लिँदै मातृभूमिको रक्षा गर्छ,’ ओलीले भने, ‘संवादका माध्यबाट सीमा विवाद समाधान गर्न र अतिक्रमित नेपाली भूभाग फिर्ता सरकार दृढता र सक्रियताका साथ लागेको म यस मम्मानि सदनलाई जानकारी गराउन चाहनछु ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…