काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै आफ्नो कार्यकालका दुई वर्ष निकै उपलब्धिपूर्ण रहेको बताएका थिए । ओलीको उक्त सम्बोधनप्रति पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन् ।
'प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा ७ सय ३१ दिनको कामको बखान सुन्दा बँकी एक हजार ९४ दिन (आफ्नै पार्टीले छिर्के हानेन भने!) पनि यस्तै गफमा बित्ने भो भन्ने चिन्ता लाग्यो', सामाजिक सञ्चार ट्विटर ट्विट गर्दै उनले लेखेका छन् ।
डा. भट्टराईले कमसेकम आफ्ना कमजोरी पनि छन् भन्ने आफैं बुझ्ने वा प्रतिपक्षी दलहरू/मिडियाको आलोचना सुन्ने क्षमता भए पो मान्छे सुध्रिन्छ भन्दै ओलीलाई सचेत गराएका छन् ।