• बिर्तामोड । भ्रष्टचार विरुद्धका सामाजिक अभियन्ता तथा न्यूज २४ टेलिभिजनको चर्चित कार्यक्रम सिधाकुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने आज (आइतबार) झापा आउने भएका छन् । सिधाकुरा जनतासँगका प्रोड्युसर दिपक बोहोरासहित झापा आउन लागेका लामिछाने केही औपचारिक कार्यक्रम, भेटघाट र रिर्पोटिङका लागि झापा आउन लागेको जनाइएको छ ।

    लामिछानेलाई बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वमा दर्जन बढी सामाजिक संघसंस्थाले स्वागत सम्मान गर्ने कार्यक्रम तय भएको छ । उनलाई बिर्तामोडस्थित अतिथि सदनमा स्वागत सम्मान गरिने उद्योग वाणिज्य संघ प्रदेश नम्वर १ का सदस्य बलराम कार्कीले जानकारी दिए । त्यस्तै, उनी चलचित्र ‘माइकल अधिकारी’ प्रोमोसन कार्यक्रममा समेत सहभागी हुने र केही रिपोर्टिङ समेत गर्ने गरि पूर्व आउन लागेको न्यूज २४ का झापा समाचारदाता राजु पौडेलले जानकारी दिए ।

    लामिछाने गोपीकृष्ण मुभिजले निर्माण गरेको चलचित्र ‘माइकल अधिकारी’को छायाङ्कन समापन भएसँगै अपरान्ह आयोजित कार्यक्रममा अतिथीका रुपमा सहभागी बन्नेछन् । माइकल अधिकारीको छायाङ्कन झापा र इलामका विभिन्न स्थानमा गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…