• काठमाडौं, ४ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रगतिमा ब्रेक लागेको देखिएको छ । बिभिन्न आयोजनाहरुमा बैंकले प्रवाह गरेको कर्जा डुुवेपछि यसको सिधा असर बैंकको बित्तीय अवस्थामा परेको छ ।

    बैकले सार्वजनिक गरेको चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक बित्तीय प्रतिवेदन अनुसार बैंकको खुुद मुनाफा, प्रति सेयर आम्दानी, नेटवर्थ लगायतका अन्य बित्तीय परिसुचकहरु घटेका छन् भने खराव कर्जा बढेको छ ।

    बैंकले चालुु आवको दोस्रो त्रैमासमा एक अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो मुनाफा बैंकको गत आवको सोही अवधिको तुुलनामा १५ दसमलव ६६ प्रतिसतले कम हो ।

    यस अवधिमा बैंकको बितरणयोग्य नाफा भने ८४ करोड ३४ लाख १२ हजार रुपैयाँ मात्र रहेको थियो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ९७ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

    चुक्ता पुंजी १४ अर्ब २२ करोड १० लाख ७३ हजार रुपैैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासमा एक खर्ब ४९ अर्ब ९५ करोड २७ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३२ अर्ब ६० करोड ३८ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    यो निक्षेप तथा कर्जा बैंकको गत आवको सोही अवधिको तुुलनामा क्रमश शुन्य दसमलव ३८ र सात दसमलव ९३ प्रतिसतले बढी हो ।

    गत आवको सोही अवधिमा बैंकको यस्तो निक्षेप तथा कर्जा क्रमश एक खर्ब ४९ अर्ब ३९ करोड २२ लाख ८२ हजार तथा एक खर्ब २२ अर्ब ८६ करोड ६५ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

    बैंकको खुुद व्याज आम्दानी पनि घटेको छ । बैंकले चालु आवको पछिल्लो अवधिमा तीन अर्ब छ करोड ३३ लाख ५५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

    यो आम्दानी बैंकको गत आवको सोही अवधिको तुुलनामा सात दसमलव ५४ प्रतिसतले कम हो । गत आवको दोस्रो त्रैमासमा बैंकको खुद व्याज आम्दानी तीन अर्ब ३१ करोड ३२ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

    गत आवको दोस्रो त्रैमासमा दुुई दसमलव चार प्रतिसतमा सिमित रहेको खराव कर्जा चालुु आवको दोस्रो त्रैमासमा बढेर दुुई दसमलव ९० प्रतिसत पुुगेको छ ।

    बैंकको प्रतिसत सेयर आम्दानी पनि गत आवको दोस्रो त्रैमासको तुुलनामा २३ दसमलव ६८ प्रतिसतले घटेको छ ।

    गत आवको दोस्रो त्रैमाससमा प्रति सेयर आम्दानी ३० रुपैयाँ ७० पैसा रहेको बैंकको प्रति सेयर आम्दानी पनि घटेर २३ रुपैयाँ ४३ पैसामा झरेको छ ।

    यसैगरी बैंकको प्रति सेयर आम्दानी पनि गत आवको एक सय ९७ रुपैयाँ ९३ पैसाबाट घटेर एक सय ८४ रुपैयाँ तीन पैसामा झरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…