• काठमाडौं । नेपाल पत्रकार महासङ्घले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, टेलिभिजन र एफएम प्रशारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई सच्याउन माग गरेको छ ।

    महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टसहितका पदाधिकारीको टोलीले आइतबार सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह र प्रदेशसभा विधायन समितिका सभापति नेपालु चौधरीलाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी प्रदेश सरकारले उक्त विधेयक ल्याएको जनाउँदै पत्रकारले यसको विरोध गर्दै आएका छन् ।

     

    विधेयकमा मस्यौदा गरिएको मिडिया बोर्डको अध्यक्ष मन्त्री रहने प्रावधानको सट्टा स्वतन्त्र निकायमा रहेको व्यक्तिको प्रतिनिधित्व गराइनुपर्ने, दण्ड जरिवानाको व्यवस्था हटाइनुपर्नेलगायतका माग गरिएको छ । उक्त विधेयक प्रदेशसभाको विधायन समितिमा अहिले छलफलमा रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…