काठमाडौं, ५ फागुन । ब ला त्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट निर्दोष ठहर भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारबाट रिहाइ गरिएको छ ।
पुर्पक्षका लागि थुनामा रहेका महरालाई रिहाइको प्रक्रिया पूरा गर्न कारागारतर्फ लगिएको हो । महरालाई सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर गरेको हो ।
संसद सचिवायलयकी एक महिला कर्मचारी माथि यौ न दु ब्र्य व हार गरेको अभियोगमा प क्रा उ परी का रा गार मा रहेका महराको अन्तिम आइतबार सुनुवाई भएको थियो । सुनुवाई सकिएपछि आज अदालतले उनलाई सो मु द्दामा सफाई दिएको हो ।
महिला कर्मचारीले त्यस्तो आ रोप लगाउँदै भिडियो सार्वजनिक गरेपछि छानविनका लागि महरालाई प क्राउ गरी अनुसन्धान सुरु गरिएको थियो । यद्धपी महराले आफुमाथि लगाएको आ रोप निराधार भएको बताउँदै आएका थिए ।
रिहाइ भएका महराको स्वागतका लागि डिल्ली बजार कारागार क्षेत्रमा कार्यकर्ताको भीड लागेको छ ।
महरालाई स्वागत गर्नका लागि कार्यकर्ताहरु फूलमाला लिएर लामबद्ध भएका छन् ।
महराको स्वागतमा भेला भएका नेकपा कार्यकर्ताको भिड तस्विरमा हेर्नुहोस्-
(सबै तस्विर : सेतोपाटी)