• दीप खादी लिम्बू।

    फागुन-५,क्वालालम्पुर।

    नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको अन्तर्राष्ट्रिय ब्युरो पुर्वी एसिया अन्तर्गत नेपाली जनप्रगति शिल मोर्चा मलेसियाले २५ अौ महान जनयुद्ध दिवस आइतबार क्वालालम्पुरको ग्रेण्ड कोन्टिनेन्टलमा मनाएको छ।

    [caption id="attachment_73039" align="alignnone" width="524"] बिप्लब निकट मोर्चा-[/caption]

    परिवर्तनको आन्दोलनमा विभिन्न चरणमा ज्यान गुमाएका ज्ञात अज्ञात महान वीर शहिदहरुको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण सहित १ मिनेट मौनधारण पछी कार्यक्रम लाई औपचारिक रुपमा सुरु गरिएको थियो।

    नेपाली जनप्रगतिशिल मोर्चाको सल्लाहकार संयोजक महेश कुमार अोलीको प्रमुख अातिथ्यम मोर्चाको अध्यक्ष बिजय लामा र महासचिव तुफान को उदघोषणमा स्वगत मन्तव्य सचिव रबि महराले दिए।

    अन्य आमन्त्रित अतिथि हरुमा मोर्चाको पुर्व अध्यक्ष बिष्पोट मगर ,उपाध्यक्ष खगेन्द्र खडका ,हर्कमान राई लगायतले मन्तव्य राख्दै सहिद परिवारलाई समान व्यक्त गरेका थिए।

    [caption id="attachment_73040" align="alignnone" width="655"] बिप्लब निकट मोर्चा सदस्यहरू-
    [/caption]

    भने मोर्चाको जिम्मेवारी पनि हेरफेर गरिएको छ। जसमा हर्क पाल राई लाई उपाध्यक्षमा कमिटीले मनोनीत गरेको हो।त्यसैगरी सचिवमा कोषाध्यक्ष रबि महरालाइ चयन गरेको छ।

    -सत्तारुढ दल नेकपाको पनि जनयुद्ध दिवस।

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध अन्तरास्ट्रिय समन्वय समिती प्रवासी नेपाली एकता मन्चले पनि सो स्थानमै आफ्नो बैठक तथा २५ औं जनयुद्ध दिवस मनाएको थियो।

    [caption id="attachment_73041" align="alignnone" width="524"] सत्तारुढ नेकपा निकट प्रवास समन्वय कमिटी सदस्यहरु-
    [/caption]

    स्थान र होटल एउटै भए पनि कार्यक्रम हल बेग्लाबेग्लै हुदा कार्यक्रम बारे दुबै पार्टीका कार्यकर्ताहरु भने बेखवर थिए।
    पार्टी एकता पछि पुर्णता पाएको कमिटीले पहिलो बैठक तथा जनयुद्ध दिवस भब्यताका साथ मनाएको छ।

    प्रवाशी नेपाली एकता मञ्चका अध्यक्ष रमेश प्रसाद तिवारीको अध्यक्षता बसेको बैठकले मञ्च सम्बद्ध विभिन्न ९ निर्णयहरु गर्दै उपस्थित कार्यकर्ताहरु बिच एकले अर्को लाई अबिर दलेर सहिदहरु लाई सम्मान तथा स्मरण गरेका थिए।

    भने पुर्ब लडाकु रुपधन घर्ती मगर क.सुकुमारले मन्तव्य राख्दै जनयुद्धको औचित्य र ईतिहास एबम त्यसबाट प्राप्त गरेको उपलब्धि बारे स्मरण गराएका थिए।र ती उपलब्धिहरुको सम्रक्षण गर्न र महान सहिदहरुको सपना साकार पार्न जुनसुकै मूल्य चुकाउन पछि हट्न नहुने बताएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…