• काठमाडौं, ५ फागुन । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन् ।

    सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्री तुम्बाहाङ्फेले सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभार सम्हालेकी हुन् ।

    हालै मात्र उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी थिइन् ।

    गत पुसमा तत्कालीन उपप्रधानमन्त्री एवम् कानुन मन्त्री उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिइएको थियो ।

    उपसभामुखबाट राजीनामा दिनुभन्दा पहिला प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई मन्त्री बनाउने वचन दिएका थिए ।

    मन्त्री बनाउने भएपछि दुई अध्यक्षले उनलाई उपसभामुखका हैसियतले बस्दै आएको सरकारी निवास नछाड्न समेत भनेका थिए । दुई अध्यक्षको सोही आग्रहका कारण राजीनामापछि पनि उपसभामुख बस्दै आएको निवास बसिरहेकी थिइन् ।

    आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफूमाथि तात्कालीन सभामुख कृष्ण बहादुर महराले यौन उत्पीडन गरेको आरोप लगाएपछि महराले पदबाट राजीनामा दिनुपरेको थियो ।

    सभामुख र उप-सभामुखमा एकै दलका व्यक्ति बहाली हुन नपाउने संवैधानिक व्यवस्थाका कारण दुई अध्यक्षले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा दिएर पार्टीलाई सहयोग पुर्‍याउन आग्रह गरेका थिए ।

    सपथको तस्विरहरु-

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…