• काठमाण्डाै – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले आवश्यकताले कानुन मन्त्तालयको जिम्मेवारी पाएको बताउनुभएको छ ।

    पदभार सम्हालेपछि आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री तुम्बाहाङ्ले मन्त्रालयको जिम्मेवारी कसैले दिएको नभइ आवश्यकताले दिएको बताउनुभएको हो ।

    उपसभामुखबाट राजीनामा दिएपछि कानुन मन्त्रालय दिने योजना सहमति भएको थियो ? भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले कुनै योजनाबद्ध नभइ आवश्यकताले जिम्मेवारी पाएको बताउनुभएको हो । ‘यो लिने दिने चिज होइन । यो आवश्यकता हो । आवश्यकताले मन्त्रालयको जिम्मेवारी पाइएको हो’, उहाँले भन्नुभयो ।

    उपसभामुख पदमा रहँदा काम गर्दाको अवस्था र अहिलेको अवस्था फरक रहेको उल्लेख गर्दै तुम्बाहाङ्फेले संसदमा 'सिस्टम' बसालेर आफू बाहिरिएको बताउनुभयो ।

    'गएकाे माघमा राजीनामा दिँदै गर्दा मैले यू–टर्न गर्छु भनेको थिएँ । त्यसैअनुसार मन्त्रालयको जिम्मेवारीमा आएँ । जिम्मेवारी निर्वाह गर्ने क्रममा फिल्डभित्र बसेर काम गर्दा प्रभाव हुन्छ भनेर नै जिम्मेवारी सम्हालेको हुँ’, उहाँले भन्नुभयो ।

    उहाँले साेमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिँदै पदभार ग्रहण गर्नुभएकाे छ । उपेन्द्र यादवको बहिर्गमनपछि रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी यसअघि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनुभएको थियाे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…