बाहुण्डाँगी । झापाको मेचीनगर ६ काँकरभिट्टामा रहेको खेलकुद क्षेत्रमा जिल्लाकै उत्कृष्ट विद्यालय अरुणोदय आवासीय माविले आफ्नो २४ औं बार्षिक खेलकुद, सांस्कृतीक एवं पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यालय परिसरमा सोमवार आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले कार्यक्रमको उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले बिद्यालयले अब घोकन्ते शिक्षामा मात्र नभएर ब्यवहारीक शिक्षा र खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो । उहाँले अरुणोदयले निरन्तर विद्यार्थीहरुको आन्तरिक क्षमताका लागि प्रयास र सफलतामा खुसी व्यक्त गर्नु भयो । विश्वमा खेलकुदको माध्यमबाट थुप्र्रै खेलाडी तथा बिद्यार्थीहरुले भबिष्य बनाईरहेको उदाहरण हामी रहेको बताउदैं अबको समयमा त्यस्ता कुरामा ध्यान नपु¥याउने बिद्यालयलाई अभिभावकले कम महत्व दिने दाबी गर्नु भयो ।
कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले नृत्य एवं प्रतियोगितात्मक खेल प्रस्तुत गरेका थिए । यस अघि बिद्यालयले सञ्चालन गरेको खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा बिभिन्न बिधाका विजेता खेलाडीहरुलाई ट्रफी, मेडm तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
साथै अरुणोदय मिनि म्याराथनका विजेतालाई नदग पुरस्कार सहित पुरस्कृत गरिएको छ । जसमा ५ किमि म्याराथन छात्रतर्फ प्रथम, द्धितिय एवं तृतीय स्थान हासिल गर्ने क्रमश किसन सरदार, संञ्जित सरदार एवं सुजन कार्की तथा ३ किमि छात्रातर्फ प्रथम, द्धितिय एवं तृतीय स्थान हासिल गर्ने दिपशिखा भुजेल, स्मृती सापकोटा, संध्या शर्मा लाई नगद रु ३ हजार, २ हजार तथा १ हजार सहित मेडल तथा प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ ।
त्यस्तै बिद्यालयले बर्ष उत्कृष्ट शिक्षक तथा बिद्यार्थीलाई समेत पुरस्कृत गरेको छ । जसमा अनुशासनमा प्रिया भुजेल, उत्कृष्ट क्याप्टेनतर्फ मनिरा खडिया एवं सर्वोत्कृट बिद्यार्थी अवार्डतर्फ सञ्जित सरदार लाई सम्मान एवं पुरस्कृत गरेको छ । बर्ष उत्कृष्ट शिक्षकको अवार्ड बिद्यालयकी शिक्षिका कबिता थापालाई प्रदान गरियो ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार पराजुली, पूर्व अध्यक्ष राम ओली, मेची सामुदायिक मञ्चका अध्यक्ष सोमराज ढकाल, मन्टेश्वरी प्रबिक्षक उर्मिला धिताल, सदस्य चन्द्र प्रसाई, बिद्यालयका प्रध्यानाध्याकप दुर्गाबहादुर लुईटेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
बिद्यालयका प्रध्यानाध्यापक दुर्गाबहादुर लुईटेलले बार्षिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत बिद्यायका बरिष्ठ शिक्षक पर्शुराम रिजालले स्वागत गर्नु भएको थियो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष भगिरथ राईको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमको सञ्चालन सहायक प्रध्यानाध्यापक जीआर धिताल एवं अनौपचारिक कार्यक्रमको सञ्चालन बिदार्थीहरु प्रिति खवास, आर्यन गुरुङ्ग र दिक्षा पौडेलले गर्नु भएको थियो ।
२४ वर्ष अघि सामान्य बाँसको टाटीबाट सुरु भएको यो विद्यालय अहिले सुविधासम्पन्न भवन सहित सञ्चालन भइरहेको छ । पछिल्लो समय काँकरभिट्टाको उत्कृष्ट विद्यालयको रुपमा अरुणोदयले आफुलाई अग्रसर बनाइरहेको छ ।
नोट ः यस विद्यालयको विस्तृत कथा केही दिन भित्रमा रातोकलम अनलाइनमा प्रकाशन गरिनेछ ।