• काठमाडौं । सत्तारुढ नेकपाको दोस्रो दर्जाका तर कार्यकारी भनिएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफू प्रधानमन्त्री बन्ने ग्राण्ड डिजाइनमा लागेका छन् ।

    केहि दिन अगाडि सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकपछि नेकपा र लोलीले नेतृत्वको सरकारलाई अन्योल र अस्थिरताको भूमरीमा पार्ने ग्राण्ड डिजाइन प्रचण्डको नेतृत्वमा बन्न लागेको हो ।

    नेपालमा राजनीतिक स्थिरता नचाहने स्वदेशी तथा विदेशी शक्ति केन्द्रले यसका लागि गतिशीलतामा भन्दा अस्थिरतामा रमाउने प्रचण्डलाई उपयोग गरिरहेको स्रोतले बतायो ।

    सभामुख चयनको ममिलामा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सचिवालयमा अल्पमतमा परेका थिए । प्रचण्डले त्यसबेला अन्य नेताहरुलाई आफ्नो हातमा लिएका थिए । जसबाट अग्नि सापकोटा सभामुख हुने निश्चित भयो । त्यो बेलाबाट मुलुकमा राजनीतिक अस्थिरता कायम गर्ने ग्राण्ड डिजाइन बन्दै गएको बालुवाटार स्रोतले बतायो ।

    स्रोतका अनुसार ओलीलाई संसदीय दलबाट विस्थापित गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने खेल सुरु भएको छ । यति गर्न सकेनमा राजनीतिक अस्थिरता सुरु हुने र कम्युनिष्ट सरकारलाई अन्य पार्टीहरूको सहारामा टिक्ने अवस्था सिर्जना हुने बुझाइमा काम सुरु भएको बताइन्छ ।

    स्पष्ट बहुमतको सरकारलाई अपदस्थ गरेर प्रचण्डको नेतृत्वमा अन्य राजनीतिक शक्तिको वैशाखीमा टिक्ने सरकार गठन गर्ने ग्राण्ड डिजाइन अगाडि सार्नेहरूले नेकपाकै वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल तथा वामदेव गौतमलाई समेत उपयोग गर्ने रणनीति अख्तियार गरिरहेका बताइन्छ ।

    यस्तो खेलमा मुख्यतया पश्चिमा र दक्षिणको छिमेकी मुलुक भारत लागेको भन्दै नेकपामा चर्चा परिचर्चा सुरु भएको छ । जसले मधेशी दलहरू राजपा र समाजवादी पार्टीलाई पनि उपयोग गर्न लागेको स्रोतहरु उल्लेख गर्छन् ।

    राजनीतिको सुरुवातदेखि नै स्थायीरुपमा काम गर्न नसक्ने प्रचण्डलाई सत्तामा पु¥याउन सके आफ्नो स्वार्थ अनुकुलका काम गर्न सकिने बुझाइ धेरैको छ । सत्तामा पु¥याउनका लागि नेताहरु खनाल, नेपाल र गौतमलाई उपयोग गर्न सके सहज पनि हुने रणनीतिका साथ काम अघि बढेका केहि संकेतहरु पनि देखा परेका छन् ।

    अहिलेसम्म कुनै कम्युनिष्ट पार्टीको नेतृत्वमा महाधिवशेनमार्फत नपुगेका प्रचण्ड आफ्नो स्वार्थलाई ध्यानमा जे काम गर्न पनि तयार हुने नेता हुन । विगत तीन दशकदेखि विभिन्न कम्युनिष्ट पार्टीको नेतृत्व गरेका प्रचण्डले कहिल्यै महाधिवेशन भएर जितेर अध्यक्ष बनेको रेकर्ड आफै देखाउन सक्दैनन् ।

    साविक एमालेको नेतृत्व भने महाधिवेशनमार्फत प्रजातान्त्रिक अभ्यासबाट हुने गरेको थियो । खनाल, सीपी मैनाली, स्व. मदन भण्डारीसँगै नेपाल, तथा ओली महाधिवेशनमा हुने निर्वाचनमार्फत पार्टीको नेतृत्वमा पुगेका हुन् । तर, प्रचण्ड भने अहिलेसम्म कुनै पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा महाधिवेशनमार्फत हुने निर्वाचन प्रणालीबाट पुगेका छैनन् ।

    यही कारणले नेकपा गठन भएको २० महिना पुग्दासम्म साविक एमाले नेताहरूसँग प्रचण्डको प्राकृतिक घुलमिल हुन सकेको छैन । अस्थिर चरित्रका उनी आफ्नो राजनीतिक स्वार्थका निम्ति तत्काल अडान परिवर्तन गर्ने नेताका रुपमा परिचीत छन् ।

    उनको यही परिचय र कमजोरीलाई उपयोग गरेर नेपालको कम्युनिष्ट आन्दोलन र ओली नेतृत्वको कम्युनिष्ट सरकारमाथि प्रहार गर्ने र नेपालमा राजनीतिक अस्थिरता कायम गर्ने खेल सुरु भएको बताइन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…