• रोल्पा : जिल्लामा ‘महरा सर’को परिचयबाट स्थापित पूर्व सभामुख कृष्णबहादुर महराले अदालतबाट सफाई पाएपछि रोल्पा सदरमुकाममा उत्सव गरिएको छ। स्थानीय युवाहरु बाजा गाजासहित -याली निकाल्दै रोल्पा नगरपालिका मेवाङस्थित महराको सुनसान घरसम्म गएका थिए।

    सोही युवाहरुको समूह बाजा गाजासहित पुनः -यालीसहित सदरमुकामस्थित टुँडिखेलमा जम्मा भएर कोण सभा गरेका थिए। अनौपचारिक कार्यक्रममा बोल्दै युवाहरुले राष्ट्रियताका पक्षमा रहेका नेतालाई गम्भीर आरोपमा फसाइएको जिकिर गरे। उनिहरुले न्यायले जितिको बताए। कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, कर्मचारी र विद्यार्थी लगायतको उपस्थिति थियो।

    लामो समय सदरमुकामस्थित बाल कल्याण नमुना माध्यमिक बिद्यालयमा अध्यापन गरेका महरा जिल्लामा शालिन, भद्र र सर्व स्वीकार्य नेताका रुपमा स्थापित छन्। उपराष्ट्रपति नन्दकिशोर पुन, उर्जा मन्त्री बर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती, नेत्रबिक्रम चन्द विप्लव लगायत दर्जनौ नेताका गुरु महराले अदालतबाट सफाई पाएपछि उनका सर्मथकहरु खुसी भएका हुन्।

    महराको रिहाईले उनका दलका कार्यकर्ता मात्र नभएर विपक्षीहरु पनि खुसी भएका छन्। ‘घटनाका रुपमा हेर्दा उक्त घटना नै राम्रो थिएन। त्यो उचाईको मान्छेलाई बलत्कारको केस लाग्नु आफैमा पनि नराम्रो हो।’ नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीले कुरा गर्दै भने ‘उहाँले सफाई पाउनु रोल्पालीका लागि मात्र नभएर समग्र देशका लागि नै हितकर हो।’ नागरिकबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…