• काठमाडौं । चीनमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ६८ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कअनुसार सोमबार कोरोना संक्रमणबाट ९८ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १ हजार ८ सय ६८ पुगेको हो ।

    तर राष्ट्रिय स्वास्थ्य आयोग संक्रमणबाट मर्नेको संख्या घट्न थालेको दाबी गरेको छ । यसलाई उपचार र अनुसन्धानमा संलग्न चिकित्सकहरुले सकारात्मक बताएका छन् ।

    सन् २०१९ डिसेम्बर अन्तिम साता यता कोरोना भाइरसको कारण मर्नेको संख्या १ हजार ८ सय ७३ पुगेको छ । कोरोना भाइरसबाट मुख्य भूमि चीनमा मात्र १ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ अभने हङकङ, फिलिपिन्स, फ्रान्स, जापान र ताईवानमा एक–एक जनाको मृत्यु भएको छ ।

    आइतबार कोरोना भाइरसको संक्रमणबाट चीनमा १ सय ६ जनाको मृत्यु भएको थियो भने शनिबार १ सय ४३ । गत शुक्रबार पनि चीनमा कोरोना भाइरसको संक्रमणबाट १ सय ४३ जनाको नै मृत्यु भएको थियो । हालसम्म कोरोना भाइरसको संक्रमण ७३ हजार ३ सय ३३ जनामा पाइएको छ । यीमध्ये १२ हजार ७ सय १२ जना उपचार पश्चात घर फर्केका छन् ।

    नयाँ संक्रमण लगातार तेस्रो दिन घट्दो क्रममा देखिएको चीनले बताएको छ । चीनका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार देशभर दुई हजार ९ जनामा कोभिड–१९ को नयाँ संक्रमण पुष्टि भएको छ । यस्तै थप १४२ जनाको मृत्यु भएको चिनियाँ अधिकारीले बताएका छन् । यसअघिका दुई दिन पनि नयाँ संक्रमणदर घट्दो क्रममा थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…