फागुन ६, पथरी ।
मोरङको उर्लावारी नगरपालिकामा राष्ट्रिय लोकतान्त्रिक आपङगता सघ गठन भएको छ ।
उर्लावारी नगर पालिका वडा नम्वर ३ को सालवारीमा फागुन ५ गते सोमवार आयोजित भेलाले सो सघको गठन गरेको हो । सघ १३ सदस्यि रहेको छ । जसको अध्यक्षमा व्यास बहादुर लिम्वु, उपाध्यक्षमा हेमन्त पौडेल, सचिव स्मृति ढुङगाना र कोषाध्यक्षमा गगा माया तामाङ र सदस्यमा राज कुमार राईको समिति गठन गरिएको छ । भने अन्य ८ जना साधारण सदस्य रहेको छ ।
कार्यक्रम उर्लावारी नगरपालिकाका मेयर खड्ग बहादुर फागोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
मेयर फागोेले नव गठित सघलाई शुभकामना दिदै भने–“ स्थानिय सरकारले कुनै पनि आपाङ भएका व्याक्तिहरुको बृत्तिविकाशका लागि सदैव साथ र सहयोग गर्दै जाने छ ।”
यस्तै सोही कार्यक्रममा वडा नम्वर २ का वडा अध्यक्ष राजन कडेलको समेत उपस्थिति रहेको थियो । कडेल आफै शारिरिक रुपमा अपाङ एक जनप्रतिनिधि हुन ।
कडेलले सो कार्यक्रमलाई सम्वोधन गर्दै आफ्नो वडामा रहेको सवै प्रकारका अपाङगता भएका व्याक्तिहरुको हितका लागि आफु सदैव अग्रभागमा रहेर आवाज उठाउदै जाने प्रतिबद्धता जाहेर गरेका छन् ।