• फागुन ६, ईटहरी ।
    मोफसलमा पहिलोपटक लोक गीत संगित क्षेत्रमा सर्वाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड आयोजना हुने भएको छ ।
    पूर्वेली मिडिया नेटवर्कको आयोजनामा राजधानी बाहिर पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार र संस्कृतिको सम्र्बद्धन र प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ सो अवार्ड आयोजना हुन लागेको आयोजक संस्थाका प्रबन्ध निर्देशक शुरेसचन्द्र दाहालले बताएका छन ।
    कार्यक्रम प्रदेश १ को ईटहरीमा आगामी फागुन १४ गते हुने छ भने कार्यक्रममा २२ वटा बिधामा अवार्ड प्रदान गरिने आयोजकले बताएको छ । कार्यक्रमलाई रमपम चाउचाउले प्रायोजन गरेको छ ।

     

    सोमबार ईटहरीस्थित ओसियन पार्कमा आयोजित पत्रकार सम्मेलनमा अवार्ड बारे जानकारी गराईएको छ । कार्यक्रममा ईभेन्ट कोअर्डिनेटर राजन क्षेत्री र सब ओअर्डिनेटर बिपिन लिम्बुले अवार्डका बारेमा जानकारी गराएका थिए ।
    अवार्डमा उत्कृष्ट नयाँ गायक,बर्षको उत्कृष्ट गीत,उत्कृष्ट प्रस्तुति (पुरुष) उत्कृष्ट प्रस्तुति (महिला) उत्कृष्ट आवाज,उत्कृष्ट संगित,उत्कृष्ट शब्द, उत्कृष्ट लय, उत्कृष्ट शब्द लाई अवार्ड प्रदान गरिने छ ।

     

    यसैगरी बिभिन्न भाषा र संस्कार संस्कृतिको सम्मान गर्ने उद्धेश्यका साथ उत्कृष्ट लिम्बु गीत, उत्कृष्ट तामाङ गीत, उत्कृष्ट शेर्पा गीत, उत्कृष्ट मगर गीत, उत्कृष्ट राई गीत, उत्कृष्ट गुरुङ गीत, उत्कृष्ट मैथिली गीत, उत्कृष्ट थारु गीत, उत्कृष्ट राजबंशी गीत, बर्षको उत्कृष्ट गीत, उत्कृष्ट भिडियो, उत्कृष्ट दृश्य सम्पादन, उत्कृष्ट भिडियो सम्पादन, उत्कृष्ट मोडल महिला र पुरुष दुबै बिधामा र एकजनालाई लाईफटाईम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिने छ ।
    यसैगरी पुर्वमा रंग पत्रकारिता गरिरहेका एकजना रंगपत्रकार लाई समेत अवार्ड प्रदान गरिने जनाईएको छ । कार्यक्रममा १५ देखि २० लाख रुपैया खर्च हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक दाहालले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…