• काठमाडौं । १३औं महाधिवेशनका क्रममा तयार गरिएको सम्पूर्ण अभिलेखको कम्प्युटर (सफ्टकपी) डकुमेन्ट नपाइएका कारण नेपाली कांग्रेस केन्द्रयी कार्यालयका कर्मचारीका लागि यतिबेला भ्याइनभ्याई भएको छ । केन्द्रीय कार्यालयमा रहेको कागजी अभिलेखलाई कम्प्युटरमा उतार्न कर्मचारीहरू युद्धस्तरमा जुटेका छन् । अब एक महिनाभित्र यो काम सम्पन्न नगरे क्रियाशील सदस्यता नवीकरण, तर वितरणको काम प्रभावित हुने भएकाले ७५ हजारमा स्क्यानिङ मेसिन खरिद गरी काम अगाडि बढाइएको हो । क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम प्रभावित भयो भने महाधिवेशनको कार्यतलिका नै प्रभावित हुन्छ । गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले एक वर्ष कार्यकाल थप्दै २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

     

     

    १३ औं महाधिशेनको पूर्वसन्ध्यामै नरहरि आचार्य नेतृत्वको टोलीले पार्टीको सम्पूर्ण अभिलेखको कम्प्युटर कपी केन्द्रीय कार्यलयमा नराखी छरितो र वैज्ञानिक बनाउने भन्दै कार्यालयसमेत नभएको पिपिएमजी नाम गरेको निजीसंस्थालाई दिइएको थियो । स्रोतका अनुसार निर्वाचन क्षेत्रीय प्रतिनिधिहरूको अभिलेख कम्युटराइज गर्न २०७२ मंसिरमै नेता नरहरि आचार्यको संयोजकत्वमा नेताहरू रमेश लेखक र रामकृष्ण यादव सदस्य रहेको समिति कांग्रेसले बनाएको थियो । त्यसबेला पार्टी सभापति थिए, दिवंगत नेता पूर्वप्रधानमन्त्रीसमेत रहेका सुशील कोइराला । यो समितिले कांग्रेसको क्रियाशील सदस्यहरूको छानबिन गर्ने र निर्वाचन क्षेत्रीय प्रतिनिधिहरूको अभिलेख कम्प्युटराइज गरेर अभिलेखीकरण गर्ने कांग्रेसले जनाएको थियो । उक्त समितिले १३औं महाधिवेशनका अभिलेखहरूको सफ्टवेयर वैज्ञानिक बनाउन पीएमजी नाम गरेको कम्पनीलाई जिम्मा लगाएको थियो ।

     

     

    समितिका संयोजक आचार्य १० महिनापछि गम्भीर बिरामी परे, अन्य सदस्यहरूले पीएमजीलाई अभिलेखीकरणका लागि डकुमेन्ट दिएकोतर्फ चासो देखाएनन् । २०७२ फागुनमा तेह्रौं महाधिवेशन भएर नयाँ कार्यसमिति आयो । सुशील कोइरालाको निधन, सभापतिमा शेरबहादुर देउवाको उदय भएपछि नयाँ कार्यसमितिले अभिलेखीकरणका लागि दिएको डकुमेन्टका विषयमा समयमै जानकारी पाएन । गत असारमा प्रदेश संरचना गठनको बहस कांग्रेसमा उठेपछि बल्ल पाँच वर्षपछि डकुमेन्टको खोजी भएको हो ।

     

     

    क्रियाशील सदस्य र क्षेत्रीय प्रतिनिधिहरूको आधिकारिक अभिलेख गर्ने काम भएको महामन्त्री पूर्णबहादुर खड्काले गत साउन १९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई जानकारी गराएका थिए । यसपछि मात्रै १४औं महाधिवेशन निर्धारित समयमा सम्पन्न हुन नसक्ने र म्याद बढाउनै पर्ने बाध्यता आइलागेको हो । हुन त समयमै महाधिवेशन हुन नसक्नुमा अरु पनि बाध्यता थिए, तर मुख्य बाध्यता भनेको कम्प्युटर सफ्टकपीको विषयमा बखेडा उत्पन्न हुनु हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…