• काठमाडौं । विगतमा चुस्त रहँदै आएको नयाँ पत्रिका दैनिकको समाचार कक्ष भद्रगोल बनेको छ । केही पत्रकार तलब नबढेको भन्दै बाटो लागेका छन् भने केही केही घटुवामा परेका छन् । भर्खंरै मात्र तीन पत्रकारले नयाँ पत्रिकासँगको सम्बन्ध विच्छेद गरेका छन् । कानून बिटका सन्तोष भट्टराई, महानगर हेर्ने तीर्थ बस्नेत र नेकपा बिटमा कलम चलाउँदै आइरहेका वीरेन्द्र ओलीले पत्रिका छाडेका हुन् । उनीहरू तलब नबढेकोमा असन्तुष्ट रहँदै आएका थिए । तलब बढाउन गरेको आग्रहमा व्यवस्थापनले उदासीनता देखाएपछि उनीहरू बाहिरिएको पत्रकारहरू बताउछन् ।

    स्रोतका अनुसार, नयाँ पत्रिका स्वयंले पनि पत्रकार धेरै भएकाले घटाउने नीति लिएको छ । त्यही नीति अनुसार, व्यवस्थापनले काम नगर्ने अल्छी प्रकृतिका पत्रकारले छाडून् भन्ने चाहेको छ । त्यसैले नयाँ पत्रिका वरपरका चिया पसलमा व्यवस्थापनको कुरा काट्ने क्रम बढे पनि व्यवस्थापनले सुनेको छैन ।

    पर्शुरामको घटुवा
    जागिर छाड्ने र छोडाउने क्रम चलिरहेका बेला उता पर्शुराम काफ्ले घटुवामा परेका छन् । चिफ रिपोर्टरको भूमिकामा रहेका उनलाई सामान्य रिपोर्टरको जिम्मेवारी दिइएको छ । नयाँ पत्रिका स्रोतका अनुसार, पर्फमेन्स राम्रो नभएपछि उनीसंग व्यवस्थापन रुष्ट छ । सोझै हटाउन अप्ठ्यारो भएपछि घटुवाको अस्त्र प्रयोग गरिएको चर्चा नयाँ पत्रिकाका पत्रकारबीच चलेको छ । तर, घटुवामा पर्दा पनि जागिर छाड्न आनाकानी गरेर उनी जागिर खाइरहेका छन् ।साँघु न्यूजमा समाचार छ ।

    त्यस्तै स्वास्थ्य विट हेर्दै आइरहेका अर्जुन अधिकारीसंग पनि नयाँ पत्रिकाको सम्पादकीय नेतृत्व बेखुस रहेको छ । समाचारको विषयमा उनलाई पटकपटक स्पष्टीकरण नै सोधिसकेको पत्रकारहरू बताउछन् । अधिकारीले आफ्नो विट अन्तरगत गैरव्यावसायिक काममा संलग्न भएको बुझाइ व्यवस्थापनको छ । तर, अधिकारीले विनम्रतापूर्वक जागिर बचाइरहेका छन् ।

    सोसल व्यूरोका विजय कार्की, नेकपा बिटका शुरोजंग पाण्डेको ‘पर्फमेन्स’संग पनि सम्पादकीय नेतृत्व रुष्ट रहेको बताइन्छ । त्यसैले उनीहरूप्रति पनि जागिर छाडेर गइदेओस् जस्तो व्यवहार देखाउन थालिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…