• रातोकलम अनलाइन।

    -काठमाडौ

    कम्युनिस्टहरुको भाषामा कुनैपनि अबैध यौन गतिविधिमा संलग्न भएकाहरुलाई सांस्कृतिक विचलन भनिन्छ। अझ विशेषगरी माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएकाहरुले यसलाई ठुलै अपराधको रुपमा लिने गरेको पाइन्छ ।

    पछिल्लो चरण भने यसको ठिक उल्टो हुँदै गएको छ । जनयुद्धकै जगमा स्थापित बरिस्ठ नेताहरु देखि तल्लो लेबलको कार्यकर्ताहरु सम्म उहाँहरुकै भाषामा सांस्कृतिक विचलनमा अगाडि देखिएका छन ।

    पुर्ब सभामुख कृष्णबहादुर महराको यौन काण्ड नसेलाउदै नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला सदस्य एवं युवा संगठन काठमाडौंका संयोजक मन बहादुर तामाङ(क.शिशिर) को प्रेम लिला बाहिर आएको छ ।

    विगत लामो समय देखि सुनिता(नाम परिवर्तन) नाम गरेको एक महिला संग लिभिङ टुगेदरमा बस्दै आएका शिशिर तामाङले घरमा आफ्नो श्रीमतीलाई भने पटक पटक मरणासन्न हुने गरि कुटपिट गर्दै आईरहेको खबर बाहिर आएको छ ।गत साउन २१ गते राति मदिरा सेवन गरि आएका शिशिरले एक्कासि आफ्नो जीवन संगीनि माथि अन्धादुन्ध प्रहार गर्दा आँखामा गम्भीर चोट लागेपछि उपचारका लागि हस्पिटल लगिएको हो।

    पीडितको भनाइ अनुसार तामाङले उनलाई विगत १५ वर्ष देखि निरन्तर कुटपिट गर्दै आएको तर पतिको इज्जत र बालबच्चाहरुको भविष्य हेरेर यस्तो पीडा सहादै आएको बताइन् । धेरै पटक घरबाट निकाला गर्ने देखि मरणासन्न हुनेगरी कुटपिट गर्दै आएको तामाङले त्यो बेला खुकुरी निकालेर काट्न खोजेपछि पीडित श्रीमती घर छोडेर चक्रपथमा आफन्त कहाँ सरण लिन आएपछि सबै कुरा बाहिर खुलासा भएको थियो ।

    घट्ना बारे शिसिरले आफ्नी श्रीमतीको आखाको छेउमा लागेको गहिरो घाउ आफुले कुटेको नभई १४ बर्ष अगाडि लड्न पुग्दा लागेको चोट बताउदै आएपनी श्रोतका अनुसार गत साउन २१ गतेकै घाउ भएको र घट्नाको यथार्थ बारे आफू सङ्ग प्रहरी रिपोर्ट समेत रहेको बताएका छन।

    जनयुद्धको क्रममा केही समय युद्धमा हिडेका तामाङ पार्टी छोडेर गाउँमै खेतिकिसान गरेर बस्थे । युद्धविराम पछि पुनः पार्टीमा जोडेका तामाङ काठमाडौं क्षेत्र नं.-५ का वाइसीएल अध्यक्ष हुँदै काठमाडौं जिल्लाको वाइसीएल अध्यक्ष, हाल नेकपाका युवा संगठन काठमाडौंको जिल्ला संयोजक पदमा रहेर काम गरिरहेका छन् ।

    गाउँमा साधारण खेतिकिसानको जीवन बिताइरहेका तामाङ वाइसीएल नेता भएपछि पार्टी र राजनीतिको आँटमा गुन्डागर्दी गरेर अथाह सम्पत्ति समेत जोडिसकेको खवर प्राप्त भएको छ । निज तामाङको हाल काठमाडौं टोखामा ४ करोड बराबरको १८ अनाको जग्गामा दुईतलको घर, लगायत विभिन्न ठाउमा करोडौंको सम्पत्ति रहेको समेत परिवार स्रोतले जानकारी दिएको छ ।

    आजभन्दा ४,५ वर्ष अगाडि सम्म कोठा भाडा तिर्न पैसा नहुने शिशिर तामाङ संग हाल करोडौंको सम्पत्ति कहाँबाट आयो छिमेकीहरु समेत चासोको विषय बनेको छ । छिमेकीकै एक व्यक्तिको भनाइ अनुसार केही महिना अगाडि निज तामाङले एक स्थानीय नेवार समुदायका महिलालाई बोक्सी भन्दै पिटेपछि पक्राउ समेत परेका तामाङ्ग चालिस हजार धरौटीमा रिहाई भएको बताए।

    राजनीतिमा उच्च पहुँच भएकै कारण प्रहरीले पटकपटक पक्राउ गर्दै छाड्दै आइरहेका तामाङको १५ वर्षको छोरा र १२ वर्षको छोरी समेत छन । निज तामाङ संग एक लाइसेन्स प्राप्त बन्दुक समेत रहेको र दुईचार हप्तामा घर आउदा उक्त बन्दुक देखाइ आफ्नो जीवन संगिनीलाई सम्बन्ध विछेदको कागजमा हस्तक्षर नगरे मारिदिने धम्की पटक पटक दिदै आएको श्रोतले जानकारी दिएको छ।अर्थडेलीबाट साभार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…