•  

    काठमाडाैं - सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो नागरिकले फेला पारेको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

    मिश्रः यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ..होइन त्यसमा चाही स्वीस ऐम्बेसीले बोलायो तपाइँहरुले बोलाएर आउने होइन ।

    मन्त्री बाँस्कोटा (बीचमा बोल्दै): अँ

    मिश्र: सकेसम्म एमओयु गर्ने की भन्ने हिसाबले उ गर्न लागेको छ।

    मन्त्री बाँस्कोटाः अँ

    मिश्रः उनले चाहीँ तपाइँहरुको कार्यक्रमको उसको बारेमा एम्बेस्डरले चाही छुट्टै छलफल गर्न चाहन्छ। क्या उसले
    (बीचमा बोल्दै) मन्त्री बाँस्कोटाः ठिक छ

    मिश्रः अँ त्यो भएको हुनाले तपाइँले त्यति टाइम मिलाइदिनु पर्यो।
    बाँस्कोटाः मिलाउनुपर्छ। यो उसको लागि हामी आउट अफ ट्र्याकमा जानेकी तपाइँले भने अनुसार नै जाने त भन्नुस्।
    बाँस्कोटाः अब

    मिश्र (कुरा काट्दै)ः कुराचाही मैले राखेको छु,
    मन्त्री बाँस्कोटा क्यापसिटीको कुरा,

    मिश्र बोल्दै अब कुराचाही मैैले राखेको छु
    मन्त्री बाँस्कोटाः उनीहरुले नर्मलमा ५० भने

    मिश्र: हँ त्यसमा (नर्मलमा कुरा काट्दै)

    मन्त्री बाँस्कोटा: पहिला कति निकालेको थियो

    मिश्र: यसमा टोटल उसको चाही प्रसेन्टेजमा आउँने हो, होइन फेरि

    मन्त्री: टोटल कति निस्कन्छ त अहिले त्यो हेरौं
    मिश्र: केही न केही त भइरहेको छ, होइन त्यही बेशमा जाने हो हामी त अब .....उनीहरुले त अरुले नी त्यही मूल्य त्यो भन्दा अलि बढी हाल्यो उनीहरुको मूल्यमा भन्दा अलि बढी हालेको भए पुग्थ्यो होइन त्यसमा त्यस्तो केही छैन बेस चाही तपाइँहरुकै उसमा जाने हो हामी हँ हँ त्यसो भा तपाइँले चाही

    मन्त्री बाँस्कोटा: अब सकेसम्म २५, २७ अर्बमा यो टोटल सक्न पाए हुन्थ्यो भन्ने लागेको छ। मान्नुहोस २५ निस्कियो भने कति आउँला ?
    मिश्र ७० जति आउदैन (७० करोड) यो आउट अफ उसमा जाँदा खेरि ७० को हाराहारीमा ६० देखि ७० को हाराहारीमा आउँ छ की?
    मन्त्री बाँस्कोटा: तपाइँलाई के गर्छन् तपाइँलाई छुट्टै गर्छन्।
    मिश्र: टोटल ७४ (७४ करोड) जति आउँछ भन्ने हाम्रो अनुमान
    मन्त्री: बाँस्कोटा ७४, ७५
    मिश्र: यसमा चाही ३०, ७० प्रतिशत तपाइँहरुलाई दिने होइन ३० प्रतिशत हामी राख्ने भन्ने टार्गेट छ। हाम्रो एकदम टान्सपरेन्सी हुन्छ त्यसका केही छैन।

    मन्त्री बाँस्कोटा :त्यसो हुँदा कति हुन्छ ?
    मिश्र:५४, ५५ तपाइँहरुलाइ आउने १५, १६ हामीलाई आउने हामीले नि त अलि अलि त होइन, अब आउट अफ ट्र्याक जाने हो भने
    मन्त्री: तपाइँ हामी हिसाब... भन्न खोजेको कुरा बुझिदैन।
    मिश्र:त्यो तपाइँले गर्नुहोस सबै
    मन्त्री: एउटा के नरहनुस भने

    मन्त्री: यस्तो कुरामा यी (मुख छाड्दै) कर्मचारीसँग लाग्यो भने यिनीहरुले हेप्छन्। कुरा बुझ्नु भयो।

    मिश्र: हो हो मन्त्री यो कुरा सचिवलाई पनि नभनौं (मन्त्रीले भन्न खोजेको बुझिदैन।)
    मिश्र: ठिकै छ त्यो त्यसो भए म आफै गराउँ
    मन्त्री बाँस्कोटा: एउटा स्टिमेट पनि बनाएर ल्याउनुपर्छ।
    मिश्र: उसले त लगभग लभगभ उसले त बनाएर राखिराखेको छ।
    मन्त्री बाँस्कोटा यो मु.... ले बनाएको त ३५ अर्बको छ नी। यो ३५ अर्ब नी नभएपछि त २७ अर्बको निस्केपछि त २८ अर्ब बनाउनुस्।
    मिश्र: सुन्न त यो म म गर्छु
    संवाद सकिन्छ। नागरिकको सम्पर्कमा आएका मिश्रले मन्त्री बाँस्कोटाले सुरुमा दुई अर्ब घुस मागेकाे बताए। तर कम्पनीको नियम अनुसार प्रतिशतको आधारमा मात्र जाने हो मिल्छ भनेर कुरा गरेको उनले बताए। आउट अफ ट्याकमा चाही त्यही कुरा गर्न खोजेको मिश्रको भनाइ छ। नागरिकले सम्पर्क गर्न खोज्दा मन्त्री बाँस्कोटाको मोबाइल उठेन।
    (नागरिक न्युजबाट)

    (अडियो सहित)– हाम्राकुराबाट

    https://youtu.be/jSNEXT-PUwU

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…