• उर्लाबारी  । मोरङको कानेपोखरी–१ होक्लाबारीको सन्थाल गाउँका झण्डै ३० घर परिवार जाडोले लगलग कामिरहेका थिए । सोही बेला गाउँपालिकाको वार्ड ३ राजगञ्जका देबेन्द्र लुइटेल एक झोला न्यानो टोपी लिएर गाउँमा पुग्दा पुरै वस्तीमा खुसी छायो ।
    न गाउँपालिकाको पुर्व निर्धारित कार्यक्रम ,न कुनै विशेष अबसर । केवल आफ्नो गाउँका दीन दुखीलाई न्यानो टोपी वितरण गर्न लुइटेल होक्लाबारीको सन्थाल गाउँ पुग्नु भएको हो । माघ २ गते सोमबार चीसो हावाले कोही घरबाट निस्कन सक्ने अवस्था थिएन । तर लुइटेलले ३० परिवारका लागि न्यायो टोपी वितरण गर्ने भएपछि ५६ वर्षीया फूलमनि मर्डीको अनुहारमा खुशी झल्कन्थ्यो । मर्डीले भन्नुभयो–‘उहाँले गत वर्ष पनि जाडोमा कम्मल बितरण गर्नु भएको थियो । यो पटक टोपी ल्याउनु भएछ ।


    टोपी लगाएपछि बाबुराम मर्डीले पनि खुशी साट्दै भन्नुभयो–‘गरीवको झुपडीमा उहाँले हरेक वर्ष एउटा–एउटा न्यानो कपडा ल्याई दिँदै हुनुहुन्छ, यो क्रम जारी रहोस । तराईको शीत लहरले आजीत भएका विपन्न वर्गलाई न्यानो कपडा, कम्मल, टोपी र वाल बालिकाका लागि बेला बेला शैक्षिक सामग्री वितरण गर्दै आउनु भएका लुइटेलको यो न्यानो अभियानको सातौं संस्करण हो । उहाँ भन्नुहुन्छ– ‘पहिले जिल्ला बाहिरका गाउँमा अभियान सञ्चालन हुन्थ्यो तर , दुई तीन वर्ष यता आफ्नै गाउँमा केन्द्रीत छु ।

    उहाँले यो वर्ष मोरङको कानेपोखरी १को होक्लाबारी, २ को डिगुवाडाँगी, ३ तल्लो हरकपुर र ४ नं.ऋषिदेव टोलका ४ सय जनालाई न्यानो टोपी वितरण गरेको बताउनु भयो । एक सय थान ऋषिदेव समूदायलाई,७० थान सन्थाल समूदायलाई,३० थान माझी समूदायलाई ,४० थान मुडियारी समूदायलाई र ९० थान थारु तथा अन्य समूदायका विपन्न र गरिव परिवारलाई न्यानो टोपी वितरण गरेको लुइटेलको भनाई छ ।
    काठमाडौंमा बैदेशिक रोजगार ब्यवसाय सञ्चालन गर्दै आउनु भएका ४० वर्षीय लुइटेल कानेपोखरी – ३ राजगञ्जका स्थायी वासिन्दा हुनुहुन्छ ।
    फोटो पनि छ । दुई चार पैसा कमाएपछि गरीव दुखीका लागि केही सहयोग होस भन्ने उदेश्यले न्यायो अभियान सञ्चालन गरेको लुइटेल बताउनु हुन्छ । उहाँले केही दिन अघि मात्र कानेपोखरी ३ का सवुरलाल ऋषिदेवलाई बैदेशिक रोजगारमा पठाइदिनु भएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…