• उर्लाबारी माघ ५ गते । प्रथम उर्लाबारी मेयर कप फुटबल शुक्रबारदेखि शुरु भएको छ । उर्लाबारी–३ मंगलबारे स्थित चाइनिज क्याम्प ग्राउण्डमा शुक्रबार भएको उद्घाटन खेलमा वडा नम्बर ६ विजयी भएको छ । उसले वडा नम्बर २ लाई २–१ गोल अन्तरले पछि पार्दै विजयी भएको हो ।

    प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ६ का मिलन धिमाल भए । उनलाई वडा नम्बर ३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीले पुरस्कार प्रदान गरे ।
    शुक्रबार उद्घाटन कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले उर्लाबारीको फुटबल विकासमा लागि कपले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । जनप्रतिनिधि नहुदा वडा कपलाई यसअघि उर्लाबारी नगरकप दिएपनि जनप्रतिनिधि आएपछि नगरकपलाई मेयरकपको रुपमा सञ्चालन गरिएको आयोजक उर्लाबारी फुटबल क्लबका अध्यक्ष दिपेन्द्र धिमालले जानकारी दिए ।

    माघ १३ गतेसम्म हुने उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद ७५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र,दोस्रो हुनेलाई नगद ५० हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने उर्लाबारी फुटबल क्लबका सचिव भिष्म बुढाथोकीले जानकारी दिए । शनिवारको लेल वडा नम्बर ७ र ८ बिच हुनेछ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…