•  

    काठमाडौं – विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले चिनियाँ दूतावासद्वारा प्रकाशित विज्ञप्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। द काठमान्डु पोस्टमा मंगलबार प्रकाशित चनिसम्बन्धी एक लेखलाई लिएर सोही दिन चिनियाँ दूतावासले विज्ञप्ति जारी गरेको थियो।

    पोस्टमा चाइनाज सेक्रेसी हायज मेड कोरोना भाइरस क्राइसिस मच वर्स अर्थात् चीनको गोपनीयताले कोरोना भाइरसको प्रकोपलाई संकटपूर्ण पारेको भन्ने शीर्षकमा लेख छापिएको थियो। सो लेख नाटोका लागि अमेरिकाका पूर्वराजदूत इभो डाल्डरले लेखेका थिए। सोही लेखमा चिनियाँ युआनस्थित माओत्से सुङको मास्क लगाइएको तस्बिर छापिएको छ।

    बुधबार प्रकाशित सम्पादकहरूको विज्ञप्तिमा भनिएको छ, ‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लाञ्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ। त्यस्तो कार्यको हामी भत्र्सना गर्छौं।’ चिनियाँ दूतावासले विज्ञप्तिमा पोस्टका सम्पादक अनुप काफ्लेले पहिलादेखि नै कुत्सित मनशायका साथ समाचारहरू छाप्ने गरेको आरोप पनि लगाएको थियो।

    सम्पादकहरूले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसको अभ्यास तथा रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै चिनियाँ राजदूतावासको विज्ञप्तिले कूटनीतिक मर्यादा नाघेको पनि बताएका छन्। विज्ञप्ति जारी गर्नेमा सम्पादकहरू अखिलेश उपाध्याय, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुँइटेल, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, वसन्त बस्नेत, राजेन्द्र दाहाल, सुधीर शर्मा, शिव गाउँले, सुभास घिमिरे र हरिबहादुर थापा छन्।
    (नागरिक न्युजबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…