फागुन ८, पथरी ।
गत कार्तिक १८ गते सोमवार मोरङको कानेपोखरी वडा नम्वर ६ की १७ वर्षीय किशोरीले अबैध यौन सम्वध पश्चात जन्मेको शिशुलाई हत्या गरि करेसा वारीमा पुरेको रहस्य बाहीर आएको छ ।
१७ गते सोमवार साझको समयमा सोहि वडा वस्ने १७ वर्षीय किशोरी र उनका वुवा छोरीको स्वास्थ्यमा समस्या आएको भन्दै स्वास्थ्य परिक्षण गराउन आएका रमाईलो डायग्नोष्टिमा आएका थिए ।
रातको समयमा त्यहाँ आएका उनिहरुको स्वास्थ्य परिक्षणका क्रममा किशोरीलाई रग्तस्राव भएपछि उपचार सम्भव हुन नसक्ने भन्दै अन्यत्र लैजान भनिएको थियो ।
तर भोलिपल्ट मंगलवार साझको समयमा डायग्नोष्टि सेन्टर भएको घर पछाडीको मेनुका दवाडीको करेसावारीमा टमाटर रोप्ने क्रममा शिशुको हात फेला परेपछि अवैद्ध तरिकाले डाग्योनोष्टिकमा जन्म दिएको शिशुलाई त्यहाँ पुरेर घटना ढाकछोप गर्न लागिएको रहस्य वाहिर आएको थियो ।
घटना घटेको ४ महिना पछि भने सो शिशुको जन्म सकुशल भएको र जन्म पश्चात शिशुको हत्या गरेर वारीमा पुरेको प्रमाणीत भएको छ ।
पुरीएको अवस्थामा भेटीएको शिशुको मंसिरमा आएको पोष्टर्माटम रिर्पोटका आधारमा शिशुको हत्याको एकिन तथ्य रिर्पोटले नबताएतापनि रिर्पोटले शिशु शकुशल जन्मेको र जन्म पश्चात उनको हत्या गरिएको र फोक्सोमा पानी जमेको रिर्पोट आएको डिएस्पी गिरीले टेलिफोन सम्वादमा बताएका छन् ।
गिरीले भने “शिशुको पोष्टमार्टम रिर्पोटका आधारमा जन्म दिने आमालाई प्रकाउ गरिएको हो । क्लिनिक संचालकका पनि केही संकास्पद कुराहरु भेटिएको छ हामी छानविन गर्दैछौ ।” अहिले पुरानै छानविनलाई आधार मानेर उनी माथी केही कार्वाहिको प्रक्रिया अगाडी बढाईएको छैन ।
साथै गिरीले पथरी क्षेत्रमा भएका रहस्मय मृत्यु प्रकरणका फाईलहरु पनि अव क्रमश खोलिदै जाने र सत्य तथ्य बाहीर ल्याएरै छाड्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
पछिल्लो समय पथरी इलाका प्रहरीको जिम्मेवारी सम्हाल्न आएका डिएस्पी दिलिप कुमार गिरीले इलाकामा रहेका पुराना घटना क्रमहरुलाई पल्टाउने क्रममा ४१ जना फरार अपराधिहरुलाई कानुनी कठघरामा उभ्याईसको समेत बताए ।
४ महिना अगाडी घटेको यो यो घट्ना क्रमलाई हेर्ने हो भने १७ बर्षीय किशोरीको गरिव, अशिक्षा वा दबावको कारण नाजायज संबन्ध रहन गयो, त्यसको असर बच्चा बस्न गयो, नाजायज र गरिवीका कारण घटना केहि समयको लागि ढाकछोप त भयो तर पेटमा हुर्किदै गएको बच्चा गाँउमा च्याउ सरी उम्रेका औषधी पसलले कमाउनै बाटो बन्दै गएको छ ।
कानुन बिपरी अवैधानीक तवरले छोटो समयमा बिना अनुभव पैसा कमाउन गर्वपतन गराउने औषधी पसलका कारण समाजमा यस्ता घटना घट्ने गरेको पाईन्छ । यो घटना एउटा प्रतिनिधी मात्र हो ।
यस्ता कार्यमा गाँउघरका औषधी पसल र क्लिनिकहरुले संबन्धी सबै पक्षलाई पैसाको बुजोले मुख टाल्ने र स्वतन्त्र तरिकाले आफ्नो ब्यावसाय संचालन गर्ने गरेको पाईन्छ । यदि कहि कतै समस्या आएमा उनिहरु पावर र पहुचका आधारमा छुट्ने गरेको ज्वलन्त उदाहरण छ ।
जसको कारण १७ वर्षीय किशोरी हत्या आरोपमा पक्राउ परेकी छिन् भने अबैध रुपमा क्लिनिकमा शिशुको जन्म भएपनि क्लिनिकका संचालक भने समान्य अवस्थामै हिड्डुल गरिरहेका छन् । हाल किशोरी जिल्ला प्रहरी कार्यालय विराटनगरको निगरानीमा रहेकी छिन ।
असुरक्षीत गर्भपतनद्धारा मृत शिशु
४ महिना अगाडी क्लिनिक सगै मेनुका दवाडीको करेसाबारीमा अबैध शिशुको शव फेला परेको थियो । दवाडीले कार्तिक १९ गते मंगलबारका दिन करेसाबारीमा टमटर रोप्ने क्रममा खन्दा शिशुको हात निस्कीए पछी खैला बैला भएको थियो ।
दवाडीको घर संगै टासिएको चेतना मेडिसियन सेन्टर तथा रमाईलो डायग्नोस्टिक सेन्टरमा नवजात शिशु जन्मीए पछि सो घटना ढाकछोप गर्न बच्चा पुरेको देखिन्छ ।
यता मेडिकलले भने त्यतिबेला ल्याब र औषधी बिक्री गर्ने अनुमति लिएको भएपपनि सुत्केरी गराउने अनुमती लिएको देखिएको थिएन ।
स्वाथ्य परिक्षण गराउने क्रममा पिसाव चेक गर्न ट्वाईलेट गएको र संम्पर्कमा नआएको कारण आफुलाई सो दिनको बारेमा अन्य कुरा थाहा नभएको संचालक प्रकाश धिमालले बताएका थिए ।
मेडिकल संचालक प्रकास धिमाल
यता घटनाको विवरण वुझदा भने स्वास्थ्य सस्था संचालक धिमाल, शिशुको शव फेला पर्ने दवाडी र उपचारमा संलग्न स्वास्थ्य कर्मीका कुरा भने एक आपसमा बाझिएको थियो ।
किशोरीको उपचारमा प्रत्यक्ष समलग्न स्वास्थ्यकर्मी ल्याव टेक्निसियन र्सिजना घिमिरे र अनमी सावित्रा गुरुङलाई घटनाको वारेमा बुझदा आफुहरुले केहि वोल्न नमिल्ने भन्दै पन्छिए पछि घटना थप संकास्पद बनेको थियो तर त्यसको ४ महिना पछि भने साही ठाउमा शिशुको जिवितै जन्म दिई मारेर पुरेको तथ्य बाहीर आएको हो ।
यस्तै स्वास्थ्य सस्था संचालक धिमाल र शिशुको शव फेला पर्ने दवाडीको कुरा सुन्दा उनिहरु विचमा भएको कुरा पनि आपसमा नमिल्दो रहेको छ ।
दवाडीका अनुसार– विद्यालय वाट फर्किपछि टमाटर रोप्न करेसा वारीमा जादा टमाटर रोप्ने क्रममा वारीको पल्लो छेउमा खोस्रदा शिशुको हात फेला प¥यो त्यसपछि आफु सो वारेमा जानकारी गराउन स्वास्थ्य सस्थामा जादा संचालक धिमालले मलाई सवै थाहा छ मेडम तपाईले चिन्ता नलिनु भनेर फर्काएको उनले बताएकी थिईन ।
यता फेरी तिनै संचालक धिमाल भने स्वाथ्य परिक्षण गराउने क्रममा पिसाव चेक गर्न ट्वाईलेट गएको तर संम्पर्कमा नआएको बताउछन् भने शिशुको शव फेला पर्ने दवाडीलाई फेरी सवै थाहा छ मैले मान्छे बोलाईसकेको छु भनेर पनि फकाईदिन्छन् जसको कारण घटना संकास्पद हो भनेर भन्न सक्ने अर्को आधार त्यहाँ भेटिएको थियो ।
प्रहरीले मेडिकल संचालक र सुत्केरी किशोरीलाई त्यति बेला नियन्त्रणमा लिएको भएपनि संचालकको कुनै कमजोरी नरहेको भन्दै छाडेको थियो । गर्भवतीको स्वास्थ्य परिक्षण गर्न अनुमती नभएको सस्थाले गर्भवती किशोरीको स्वाथ्य परिक्षण गराउनु, अबैधानीक तवरले स्वास्थ्य सस्थामा गर्वपतन भएपछि घटनालाई ढाकछोप गर्न खोज्ने सस्थालाई विना अनुसञ्धान स्वतन्त्र रुपमा छोडिदिनु प्रहरी प्रशाशनको कमजोरी पो हो की ?
असुरक्षीत गर्भपतन गराउने मेडिकल
२०७६ बैशाखमा आफन्तकोमा गएका बेला नचिनेका पुरुषसंग यौन सम्बन्ध भएको र आफुले सो व्यक्ति को हो ? भनेर हाल नचिन्ने कुरा इप्रका पथरीलाई बयानको क्रममा भनेको प्रहरीले जनाएको थियो ।
तर अहिले भने किशोरीले वयान फेरेको र आफुसग यौन सम्वध राख्ने पुरुषको हुलिया समेत प्रहरीलाई दिईसकेको प्रहरीले जनाएको छ ।
यता ति किशोरीले परिवारमा समेत यस्तो कुनैपनि कुरा नबताएका कारण समस्या भएको परिवारको बुझाइ रहेको छ ।
एका घरमा वस्दै आएको परिवारले पनि आफ्नो सन्तान ७ महिनाको गर्भवती हुदा सम्म थाहा नपाउनु कहा सम्मको जायज कुरा होला हामि आफै अनुमान लगाउन सक्छौ ।