• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास कविता लेखे जस्तो नभएको बताएका छन् । मुलुक समृद्ध र आधुनिक बनाउन समस्यापूर्ति कविता लेख्नु नभएको भन्दै ओलीले भूकम्पले भत्किएको राष्ट्र बैंक र रानीपोखरी बन्न त समय लागेको भन्दै भताभुङ्ग भएको देश बन्न पनि समय लाग्ने बताए ।

    नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलुक समृद्धिको यात्रामा’ विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले भने, “देश समृद्ध भएन भन्ने सुनिन्छ । देशको समस्या समाधान गर्नु कविता लेखे जस्तो होइन ।”

    ओलीले नेपालको अर्थतन्त्र पछाडि नै रहेको तर अब पछाडि बस्‍न मन्जुर नरहेको उल्लेख गरे । सम्पूर्ण विकसित देशले आफ्नो विकास आफैं गरेको भन्दै उनले चीनको उदाहारण पेस गरे । १ सय ४० करोड जनसंख्या भएको चीन आफ्नै आँखा अगाडि समृद्ध मुलुक बनेको ओलीले भिजन भए असम्भव केही नरहेको उल्लेख गरे ।

    उनले भने, “नेपाल पनि भिजन र मार्गनिर्देश सहित अगाडि बढेको छ । अब समृद्ध मुलुकको सपना पूरा हुने समय लाग्दैन ।”

    नेपाल विद्वान् पुर्खाको सन्तान भएको भन्दै भिजन लिएर अगाडि बढ्दा समृद्धि सम्भव रहेको उनको भनाइ छ । ओलीले पुर्खाको जिन र जेनेटिक मेमोरी नेपालीले प्रयोग गर्न सक्ने भनाइ दोहोर्‍याए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…