•  

    फागुन ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले अडियो टेपमा बोलेको शब्दावली प्रति आपत्ति जनाएको छ ।

    सेक्युररिटी प्रेस खरिदसम्बन्धि स्वीस कम्पनिका नेपाली प्रतिनिधिसँग गरेको कुराकानीको अडियो टेपमा सञ्चारमन्त्रीले निजामति कर्मचारीमाथि अशोभनिय शब्दावली प्रयोग गरेको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।

    कांग्रेसका प्रवक्ता विश्प्रकाश शर्माले बिहीबार पार्टी कार्यलयमा आगोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारमन्त्रीको उक्त अडियो टेप प्रधानमन्त्रीले सुन्नु पर्ने धारणा राखे । उनले भने, ‘भ्रष्टाचारीको मुख हेर्दिन भन्नु हुने प्रधानमन्त्री ज्यूले, आफ्नै मन्त्रिमण्डलको एउटा मन्त्री जीको अडियो यसरी सार्वजनिक भएको अवस्थामा, म मुख त हेर्दिन भनेको थिएँ, भनेर सुन्दिन पनि भनेको त कहाँ थिएर भन्ने हो भने अलग कुरा हो । मुख हेर्ने नहेर्ने अर्काे कुरा, तर सुन्न त सक्नु हुन्छ होलानी प्रधानमन्त्रीज्यूले ?’

    उनले राज्य प्रशासन, स्थायी कर्मचारीका सम्बन्धमा औपचारीक वा अनौपचारीक रुपमा कसैलेपनि अपशब्द बोल्न नहुने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…