• काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडालाई सम्हाल्ने गरी तोकेकी छन्।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई कार्यभार तोकेकी हुन्।

    यस्तै बाँस्कोटाले सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सम्हाल्ने गरी राष्ट्रपति भण्डारीले तोकेकी छन्।

    राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्ति सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्। कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन्।

    ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु’, बाँस्कोटाले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद।’

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएको थियो। सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिए पनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको हो।
    बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिइएको उक्त अडियोमा मन्त्री बाँस्कोटाले केही अश्लिल शब्द पनि बोलेका छन्।

    उक्त अडियोमा बाँस्कोटाले सोधेका छन् ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कियो भने कति हुन्छ ?’ मिश्रले जवाफ दिएका छन् ‘७० जति आउला कि। आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि।’

    त्यति भनेपछि बाँस्कोटाले सोधे ‘तपाईंलाई के गर्छन? छुट्टै गर्छन? मिश्रले भनेका छन्, ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाईंहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।’

    यो फोन वार्तापछि बाँस्कोटाले फेरि सोधे ‘त्यो भनेको कति हुन्छ ? मिश्रले भने, ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुपर्‍यो नि। आउट अफ ट्याक गइयो भने।’

    vio:annapurna post

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…