•  

    बिराटनगर, ८ फागुन । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा बिराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) मा बिहिबारसम्म ३४ करोड भन्दा बढीको आर्थिक कारोवार भएको छ । प्रदर्शनीको छैठौं दिनसम्म उत्साहजनक आर्थिक कारोवार भएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।

    ‘आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नारासहित सञ्चालन भईरहेको प्रदर्शनीमा लक्ष्य अनरुप नै कारोवार भईरहेको आयोजक समिति संयोजक भोलेश्वर दुलाल बताउँछन् । ‘सातौं दिनसम्म ३४ करोड भन्दा बढीको व्यापार भएको छ ।’ उनि भन्छन् ‘अव वाँकी दिनमा तुलनात्मक रुपमा अझ बढी कारोवार हुँने अनुमान गरेका छौ ।’ महाशिवरात्री पर्व र विदाको दिन शनिवार अझ बढी कारोवार हुँने उनको अनुमान छ ।

     

    करिव तीन लाख अवलोकनकर्ता भित्र्याएर एक अर्बको आर्थिक कारोवार गर्ने लक्ष्य राखेको आयोजकले लक्ष्य अनरुपनै कारोवार भईरहेको दावी गरेको छ । गाडीको व्यापारले आर्थिक कारोवार ह्वात्तै बढाएको छ । हालसम्म नेपालसहित छिमेकी मुलुक भारत, चीन लगायत देशका करिव १ लाख ८० हजारले एक्स्पो अवलोकन गरिसकेका छन् । चीनबाट फाटफुट मात्र अवलोकनकर्ता आएको भएपनि भारतबाट भने ठुलो संख्यामा अवलोकनकर्ता आईरहेको प्रचार प्रसार समिति संयोजक नन्दकिसोर राठीले बताए ।

     

    जुम्लाको स्याउ, मार्सि चामल, तेह्रथुमको ढाका, उदयपुरको खरायो, ईलामको अग्र्यानिक चिया, संखुवासभाको अल्लो लगायतले अवलोकनकर्तालाई आकर्षित गरेको छ । त्यस्तै विश्वकै सवैभन्दा ठूलो चरा अस्ट्रीच हेर्नेकोपनि घुँईचो लाग्ने गरेको छ । राष्ट्रिय कलाकारहरुको साथमा दैनिक भईरहेको साँस्कृतिक कार्यक्रमलाई पनि दर्शकले रुचाएका छन् । गायक प्रमोद खरेल, सुगम पोख्रेल, कमल खत्री, आस्था राउत, मेलिना राई लगायतले साँस्कृतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन दिएका छन् ।

     

     

    भारतको सिलगुढीबाट मेला अवलोकनका लागि आएका बिनोद सिन्हालले सोचे अनरुपनै मेला पाएको भन्दै खुःशी व्यक्त गरे । ‘एकै ठाउँमा धेरै देशका स्टलहरु हेर्न पाईयो । रमाईलो लाग्यो ।’ उनले भने । यता, झापाको दमकका शेसनारायण श्रेष्ठले पनि मेलामा पूर्वी इलामको चियादेखि पश्चिम जुम्लाको स्याउसम्म एकैठाउँमा हेर्ने अवसर पाउँदा नयाँ अनुभूती मिलेको बताए ।

     

     

    प्रदर्शनीमा इलामबाट चिया लिएर आएका केन्द्र प्रसाईँले व्यापार सन्तोषजनक रहेको भन्दै देश, विदेशका नागरिकलाई अग्र्यानिक चियाको प्र्रचार गर्न पाएको सुनाए । नौ दिनसम्म चल्ने प्रदर्शनीमा ४० बिदेशीसहित ३ सय ४० स्टल राखिएको छ । प्रदर्शनीको मुख्य प्रायोजन गरेको नोबेल शिक्षण अस्पतालले प्रदर्शनी स्थलमा निःशुल्क रक्तचाप परिक्षणको व्यवस्था पनि मिलाएको छ ।

    https://www.youtube.com/watch?v=Qi5gtPyQyJQ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…