• झापा। झापा प्रहरीले गएराती जुवाको खालबाट ९१ हजार सहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सवै सामाजिक क्षेत्रमा नाम चलेका ब्यक्ति रहेका छन । सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकका साथै राजनितिक दलका स्थानीय नेता समेत पक्राउ परेको प्रहरीले जनाउको छ ।

    पक्राउ परेका मध्ये गोपाल पोख्रेल स्थानीय अमर माविका प्रधानाध्यापक हुन । त्यस्तै रामवहादुर ढुंगाना लेखनाथ प्राविका शिक्षक हुन् । उनीहरुसंगै पक्राउ परेका अन्य केही अर्थमन्त्री युवराज खतिवडा र १ नम्बर प्रदेशका कानुन मन्त्री हिक्मत कार्की निकटका स्थानीय नेता रहेको बताइएको छ ।

    ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय गौरादह नगरपालिका वडा नम्बर ९ का दिनेश पोख्रेलको घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथवाट कौडा र नगद वरामद भएको छ । प्रहरीले २१ किलोमिटर दक्षीणको दुरीबाट उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।
    प्रहरीले पक्राउ गरे लगत्तै खालबाट बरामद भएको नगद घुस लिएर छोडिदिन प्रहरी निरिक्षक ठाकुरलाई पक्राउ परेकाले आग्रह गरेका थिए । प्रधानाध्यापक पोख्रेलले ठाकुरलाई अदालत पेस गरेपनि ३० हजार धरौटीमा रिहा भईहालिन्छ त्यै पैसा लिएर छोडिदिन अनुरोध गरेका थिए ।

    ‘यस्तो वाइयात कुरा नगर्नुहोस । अहिले गाला चढ्काईदिन्छु, घुस खाने जस्तो लाग्यो ?’ पोख्रेल र प्रहरी निरीक्षक ठाकुर बीचको संबादको भिडियो समाचारदातासंग सुरक्षित छ । प्रहरीले उनीहरुलाई पैसाको वार्गेनिङ्ग गरेको अभियोगमा पनि मुद्धा चलाउने तयारी गरेको छ । श्रोतका अनुसार जुवा नियन्त्रण ऐन र घुस लिन प्रेरित गरेको कसुर पक्राउ परेकालाई हुन्छ ।

    प्रधानाध्यापक पोख्रेलले घुस लिन दिएको दवावको भिडियो समचारदाता संग सुरक्षित छ । जिल्ला स्थित प्रहरी उच्च श्रोतका अनुसार बिहीबार राती करिव साढे १० बजे स्थानीयले प्रहरीलाई जुवा खेलिरहेको गोप्य सुचना दिएका थिए । स्थानीयले दिएको सुचनाको १५ मिनेटमा प्रहरीले जुवा खेलिरहेको घर घेरा हालेको थियो ।

    प्रहरीले पोख्रेलको घर घेरा हालेर जुवाडे पक्राउ गरेपछी स्थानीयबासी पुगेका थिए । प्रहरीले १६ थान कौडा ,मोबाईल ७ थान र नगद ९१ हजार ३ सय ८० रुपैंया बरामद गरेको ईलाका प्रहरी कार्यलय दमकका डीएसपी विजयराज पंडितले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सवै गौरादह ९ बैगुनधुराका हुन् । प्रहरीले ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङगाना, गोपाल पोख्रेल, महेश निरौला, रोहित बस्नेत, नेत्र पोख्रेल र गोपाल ढकाल पक्राउ गरेको जनाएको छ ।

    पक्राउ परेका सवैलाई जुवा ऐन अन्तर्गत कारवाही हुने दमक प्रहरीका प्रहरी नायव उपरिक्षक पण्डितले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…