• नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको विषयले चर्चा पाएको छ। योसँगै पूर्व राजा ज्ञानेन्द्र शाह अचानक दिल्ली भ्रमणमा जानुलाई डा. कोइराला र आदित्यनाथको भेटघाटसँग जोडिएर हेरिएको छ।

    उता भारतबाट काठमाडौं आएर निर्मल निवास प्रवेश गरेका भएिका कालीबाबा र मोदीका सुरक्षा सल्लाहकार तथा पूर्व राजा ज्ञानेन्द्रबीचको वार्तालाप पछि पूर्व राजाको दिल्ली यात्रा तय भएको भनिएको छ।

    पूर्व राजाको दिल्लीमा उच्च राजनीतिक भेटघाट हुने तय भएबाट नेपालको राजनीति तरंगित बनेको छ। सामान्य नागरिकको हैसियतमा रहेका र अहिलेसम्म कुनै राजनैतिक योजना सार्वजनिक नगरेका पूर्वराजालाई भारतले नेपालको राजनैतिक शक्तिका रुपमा स्थान दिनुले नेपालको राजनीतिमा फेरि अर्को तरंग आउन सक्ने अनुमान गरिएको छ।

    यी सबै घटनाक्रम हेर्दा अहिलेको संविधान, कानुन, राज्य व्यवस्था र अहिलेका राजनीतिक दल, नेताप्रति र विशेष गरी सत्तारुढ दलप्रति छिमेकीहरु अझै पनि आवश्वस्त हुन नसकेको देखिन्छ।

    हिन्दुत्वको नारा बोकेर आएको भारतको अहिलेको राज्यसत्ताले नेपालमा नाम मात्रैको सांस्कृतिक हिन्दू राजा होस भन्ने आकांक्षा अहिलेको भारतमा सरकार संचालन गरिरहेको भारतीय जनता पार्टीको चाहना हो कि?

    मुलुकलाई शान्तिपूर्ण शासन व्यवस्था शान्ति प्रक्रिया, सुशासन, भ्रष्टाचार निर्मुल र मुलुकलाई समृद्धि र विकासतर्फ लैजाने विषय अनि शान्ति स्थापना गर्ने विषय, जनता आतंकित नभइ शान्तिपूर्ण अमनचैनका साथ बाँच्न र व्यावसायमा सक्रिय हुने विषयमा छिमेकी आश्वस्त हुन सकेको देखिँदैन।

    यही कारण भारतले नेपालको प्रमुख विपक्षी दलका शक्तिशाली नेता र पूर्वराजालाई समेत नेपालको सरकारको समानान्तर हैसियत दिएर हेरिरहेको छ। उसले यिनीहरुलाई नेपालको सत्ताको वैकल्पिक शक्तिको रुपमा हेरेको घटनाक्रमले देखाउँछन्।

    मुलुक आक्रान्त भयो, गरिबी बढ्यो, अशान्ति र हिंसा बढ्यो भने त्यो हिंसाको आगो सल्किएर छिमेकीलाई पनि पिरोल्छ भन्ने कुरा उत्तर–दक्षिण दुवै छिमेकीलाई ज्ञात छ भन्ने बुझिन्छ। हाम्रा दुवै छिमेकी हामीभन्दा धेरै माथिल्लो अर्थतन्त्र र रणनैतिक शक्ति हुन् भन्ने तथ्य छर्लंग नै छ ।

    यी शक्तिहरुले नेपालको आन्तरिक राजनीति खराब बाटोमा जाँदा आफूहरु प्रभावित भइन्छ भन्ने पक्कै बुझेका छन्। त्यही बुझाइको आधारमा छिमेकमा सही राजनैतिक शक्ति सन्तुलन बनाइ आफूहरु पनि सुरक्षित हुनेतर्फ उनीहरुले पहन नगर्लान् भन्न मिल्दैन।

    यसरी हेर्दा मुलुकको सेनालाई संगठित र बलियो बनाइ आफ्नो प्रभावमा राखेर नेपाललाई भरपर्दो शासन व्यवस्थाका लागि सघाउने अन्यथा कुनै स्थायी संस्थाको आवश्यकता पर्छ भन्ने मित्रराष्ट्रको बुझाइ देखिन्छ। नेपालको अहिलेको स्थितिमा स्थायी संरचना भए मात्र भरपर्दो र दरिलो शासन व्यवस्था हुन सक्छ भन्ने बुझाइ देखियो।


    २०६२/६३ को आन्दोलनताका पूर्व राजा ज्ञानेन्द्र शाहको गतिविधि र उनीमाथि विश्वास र भरोसा नहुँदा अनि उनीपछिका उत्तराधिकारी लहडी, उद्दण्ड र अनुशासन भित्र नरहेको देखिएका कारण जनता सडकमा उत्रिएका थिए । तर त्यतिबेला पनि छिमेकीहरु राजसंस्था निर्मुल गर्ने पक्षमा थिएनन् ।

    बरु सानो ‘बेबी किङ’को रुपमा सांस्कृतिक र राष्ट्रिय एकताको दृष्टिले राजसंस्थालाई बचाइराख्ने छिमेकी मुलुकको आग्रह र अनुरोधलाई यहाँका राजनीतिक पार्टीका नेताले अगाडि पर्दा हुन्छ भने पनि व्यवहारमा त्यो नगर्दा र राजसंस्था रातारात प्रक्रिया र विधिको ख्याल नै नगरी हटाइँदा कता कता छिमेकीहरुलाई यी दल र नेतामाथिको भरोसा टुटेको हो की? भन्ने पनि बुझाइ छ।

    संसारमा हिन्दू राज्य नभएको र नेपाल एउटा हिन्दु राज्य भएको हिन्दूहरुको आस्था र विश्वास रहेको राजसंस्था र हिन्दू राज्य रहोस् भन्ने चाहना रहेकाले संसार भरका हिन्दूमाथिको भावनामा चोट पुगेको छ। हिन्दुत्वको नारा बोकेर आएको भारतको अहिलेको राज्यसत्ताले नेपालमा नाम मात्रैको सांस्कृतिक हिन्दू राजा होस भन्ने आकांक्षा अहिलेको भारतमा सरकार संचालन गरिरहेको भारतीय जनता पार्टीको चाहना हो कि?

    हिन्दू राष्ट्रियताको विषयमा डा. शशांक कोइराला र उत्तर प्रदेका मुख्यमन्त्री योगी आदित्यनाथको भेट र पूर्व राजा ज्ञानेन्द्र शाहको अहिलेको दिल्ली यात्रा त्यसैको सेरोफेरोमा भएको अनुमान गरिएको छ । यो यात्रा परिणाममुखी कार्यदिशाका लागि होकि भन्ने बुद्धिजिबीमाझ चर्चाको विषय बनेको छ।

    नेपाली जनताले पनि दुई तिहाइ बहुमत नजिकको सरकार र त्यसका प्रधानमन्त्रीले म त धेरै टिकेँ, यति धेरै टिक्कु पनि ठूलो कुरा हो, मलाइ हटाउने षड्यन्त्र भइरहेको छ भन्दै हिँड्दै गर्दा र सत्ताधारी दलका नेताको अभिव्यक्ति सुन्दा राज्य सत्ता शक्ति, दल र नेता दह्रो खुट्टा टेक्ने र आफ्नै क्रियाकलापमाथि विश्वस्त नहुने र मुलुक सधैं अस्थिरताबाट गुज्रिने अवस्था यथावत रहने हो भने सांस्कृतिक रुपले बेबी किङको स्थापना र हिन्दू राज्यको घोषणका लागि भारतको शासन सत्ता चलाइ रहेको प्रधानन्त्री मोदीले पहल नगर्लान् भन्न सकिँदैन।

    लेखक : जगदीश दाहाल

    डिसी नेपाल

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…