•  

     

    काठमाडौँ । महाशिवरात्रीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीलाई छिटो र सहज रुपमा दर्शन गर्न पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारै ढोका राति तीन बजेदेखि नै खुला गरेको जनाएको छ ।

    लाखौँ भक्तजनहरु पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शन गरिरहेका छन् भने लाखौले दर्शन गरिसकेका छन् ।

    प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइन्छ । पशुपति मन्दिर परिसरमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो देखिन्छ उनीहरु भगवानको दर्शनका साथै भजन, किर्तन र नाँचगानमा रमाइरहेका देखिन्छन् ।

    फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

    पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको कोषको दावी छ ।

    मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

    यस बर्ष महाशिवरात्रिका दिन १० लाखभन्दा बढी दर्शनार्थीले पशुपतिको दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको तथा सुरक्षा अवस्था मजबुत बनाइएको छ । सुरक्षका लागि ६ हजार सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।

     







    कृष्ण खड्का
    रातोपाटीबात (फोटोफिचर)

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…