• फागुन ९, पथरी ।
    मोरङको कानेपोखरी– ६ दहीधापमा आयोजित एक कार्यक्रममा लिम्बूवान आन्दोलनमा लामो समय देखि क्रियाशील दुई नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
    प्रवेश गर्नेमा पथरीशनिश्चरे ३ का कावुलबहादुर मगर (विकास ) र कानेपोखरी ६ का शेरबहादुर लिम्बूसगै सय बढी बिहिवार कांग्रेसमा प्रवेश गरेका हुन ।
    विकास मगर पथरीशनिश्चरे ३ को हरियाली सामूदायिक वन उपभोक्ता समूहको अध्यक्ष हुन भने । शेरबहादुर लिम्बू कानेपोखरी कै ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहको क्षेत्र नं. ३ का अध्यक्ष हुन । उनिहरु दुबै जनाको राजनीतिक पृष्ठभूमि संघीय लिम्बूवान पार्टी थियो ।
    पार्टी प्रवेश गर्ने नेताहरूलाई कांग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन ।
    आयोजिक कार्यक्रमको सम्वोधन गर्दै कोइरालाले सरकार नजानिदो पाराले सर्वसत्तावाद लागु गर्ने तयारीमा रहेको बताए । उनले भने – सरकारको गतिविधि हेर्दा एक मिनेट पनि सत्तामा बस्ने हैषियत छैन ।


    प्रजातन्त्रको नाममा नियन्त्रित प्रजातन्त्र छ । वास्तविक प्रजातन्त्र हरण भइसक्यो । कोइरालाले मानव अधिकार समाप्त भइसकेको बताउँदै सरकार संवैैधानिक निकायलाई नियन्त्रित गर्ने ढंगले प्रयोग गर्न चाहिरहेको आरोप लगाए ।
    न्यायपालिका सँग समेत शशंकित हुनु पर्ने अवस्था आएको बताउँदै उनले न्यायपालिका सरकारले जे भन्छ, त्यही गर्छ ।
    सरकार नियन्त्रित न्यायपालिकाले पीडितलाई वास्तविक न्याय दिन नसक्ने कोइरालाको भनाई थियो ।
    कार्यक्रममा बोल्दै महासमिति सदस्य जयराज संयोकले कम्युनिष्ट पार्टीको सरकार सुकुम्बासीलाई धनीपुर्जा देखाएर जग्गा बिक्री गर्ने तयारी रहेको बताए ।
    असली सुकुम्बासीहरूले सरकारसँग जग्गा किन्न नसक्ने बताउँदै उनले भने– १० कट्ठा सम्म जमीन सरकारले एक रुपियाँ नतिरी दिनुपर्छ ।
    पार्टी प्रवेश गरेपछि शेरबहादुर लिम्बूले भने– पार्टीले नयाँ र पुराना भनेर कार्यकर्तालाई हेर्ने दृष्टिकोण फरक नहोस ।
    उनले– पहिचानको आन्दोलनमा लामो समय लागे पनि आफूहरूले चाहेको पहिचान कम्युनिष्ट सरकारले तुहाइदिएको छ । पहिचानको आन्दोलन शरणार्थी जस्तै बनेको बताउँदै लिम्बूले अब कांग्रेसमा रहेर अधिकार स्थापित गर्ने अभियान थाल्ने उल्लेख गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…